भक्तपुरे दिदीहरू दंग- रानीपोखरीमा पानी अडियो

रानीपोखरीमा परीक्षणका निम्ति बनाइएका डमी पोखरी। तस्बिरः नारायण महर्जन/सेतोपाटी

काठमाडौं रानीपोखरीबीचमा दुइटा साना कृत्रिम पोखरी बनाइएको छ। वरिपरि इँट्टाले घेरिएको चारकुने कोठालाई दुई भागमा छुट्याइएको छ। दुवैको सतहमा कालोमाटो मुछेर ओछ्याइएको छ। कालोमाटोमाथि पानी हालेर पोखरी आकार दिइएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण पर्खाइमा रहेको पुरातात्विक पोखरी बनाउन छाडेर यो बीचमा किन साना पोखरी बनाएको होला?

हामीले यसबारे प्राधिकरणका सम्पदा महाशाखा प्रमुख शिवहरि शर्मासँग सौध्यौं। उनका अनुसार यो पोखरी निर्माणको परीक्षण हो। परम्परागत तरिकाले पानी अडिन्छ-अडिन्न भनेर 'डमी' बनाइएको उनले जानकारी दिए।

'यो डमीमा पोखरी बनाउने प्रक्रिया नै अपनाइएको छ। एउटा कोठामा खुट्टाले मुछेको र अर्कोमा मेसिनले मुछेको कालोमाटो हालेर परीक्षण गरेका हौं,' उनले भने, 'दुवैको नतिजा राम्रो छ।'

परीक्षण सफल भएकाले पोखरीमा पानी अड्याउन सकिने उनको विश्वास छ। खुट्टाले माटो मुछ्दा जनशक्ति र खर्च धेरै हुनाले अब मेसिनले मुछेकै माटो प्रयोग गर्ने तयारी भएको पनि उनले जानकारी दिए। रानीपोखरी पुनर्निर्माणको सबभन्दा ठूलो चुनौती नै प्राकृतिक रूपमा पानी अड्याउन सकिन्छ-सकिँदैन भन्ने थियो।

प्रकाशित मिति: : 2019-07-04 13:11:24

प्रतिकृया दिनुहोस्