आइफा अवार्डबारे कलाकारकाे प्रधानमन्त्रीलाई व्यङ्ग्य : मजाक गर्नु हुन्छ पाण्डेजी!

इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) काठमाडौं आयोजना गर्न सरकारले स्वीकृति दिने निर्णय गरेसँगै विवाद सुरू भएको छ। सबै क्षेत्रबाट यसको विरोध हुन थालेको छ।

मन्त्रिपरिषदको बैठकले काठमाडौंमा आइफा समारोह गर्न स्वीकृति दिने निर्णय गरेको थियो। नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ ले सहयोग पुग्ने जनाएको थियो। अवार्ड वितरणका कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गर्ने र त्यसको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ जनाएको छ। यसमा उद्योग वाणिज्य महासंघ, सिएनआईको सहयोग र सहकार्य रहनेछ।

अवार्डमा ६० भन्दाबढी भारतीय कलाकार र ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहने छन्। यसका लागि नेपालले कम्तिमा एक अर्ब खर्च गर्ने र त्यसबाहेक करिब ४५ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले आईफालाई नगद दिने समाचार आएका छन्।

प्रकाशित मिति: : 2019-07-01 17:15:25

प्रतिकृया दिनुहोस्