यौनविकृत मनोदशाको दुस्परिणाम ! सन्तानले नै लिइन् ज्यान

चलनचल्तीको मानो रोपेर मुरी उब्जाउने दिन । त्यही दिन भक्तपुर चाँगुनारायणको एकलास घरमा दर्दनाक घटना घट्यो ।

भर्खर निर्माण सकेको र रङसमेत सुक्न नपाएको घरमा सिन्धुपाल्चोक साविक बाँडेगाउँ गाउँ विकास समिति हाल इन्द्रावती गाउँपालिका–५ की सावित्री भट्टराईको घाँटी रेटेर दारूण हत्या भयो– आङै सिरिङ्ग हुनेगरी ।

पाँच छोरीकी आमा सावित्री कान्छी छोरी ईश्वरी भट्टराई र ज्वाइँ सोनाम थापा मगरसँगै बस्दै आएकी थिइन् । पतिसँग अलग रहेर छोरीसँगै बस्दै आएकी आफ्नै जोडबलमा घर बनाएर डेढ महिनाअघि मात्रै सरेकी थिइन्, सावित्री । र, त्यहीँ रेटिएको थियो उनको गर्दन ।

एयरपोर्टमा होटल व्यवसाय गर्ने ज्वाइँ त्यसदिन घर थिएनन् । छोरी ईश्वरी पनि घरमा नभएको पाइयो ।

चार वर्षिय नाति दीप्सनलाई उनै सावित्राले स्कुल पुर्‍याएको पत्यक्षदर्शीले बताए ।

कसले किन गर्‍यो त नृशंस र पाशविक हत्या ?

चौबीस घण्टा नबित्दै प्रहरी हत्याको वास्तविकता छेउ पुगिसकेको छ । र, अभियुक्तहरू हिरासतमा छन् ।

‘अपराधी’ अरू कोही नभएर आफ्नै छोरीको प्रेमी मोहम्मद नौसाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । र, हत्याको मुख्य योजनाकार थिइन्– आफैँले जन्माएकी र सर्वस्व (जायजेथा) सुम्पिएकी छोरी– ईश्वरी ।

ईश्वरी र उनका प्रेमी नौसादसहित हत्यामा संलग्न भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरिसकेको छ ।

अभियुक्त चारैजनाले आफ्नो कसुर (अपराध) कबुल पनि गरिसकेका छन् ।

यौनविकृत मनोदशाको दुस्परिणाम !

नेपाली समाज यौनको मामलाका उदार होइन, अतिरिक्त उदार बन्दै गएको विभिन्न आपराधिक घटनाले पुष्टि गर्छन् । र, पछिल्लो कडी बनेको छ– सावित्री हत्याकाण्ड ।

ईश्वरी र नौसादका बीच झण्डै एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरूबीच बेलाबखत शारीरिक सम्बन्ध हुने प्रहरी समक्ष साविती बयान दिइसकेका छन् । र, यसको साक्षी स्वयम् आमा सावित्री थिइन् ।

पतिसँग अलग रही जायजेथा, धनसम्पत्ति ईश्वरीकै नाममा गरिसकेकी सावित्रीलाई छोरीको हर्कत पाच्य हुने कुरा भएन । चारजना छोरी आ–आफ्नै गरी खाएकाले उनको ‘भाग्य’ ‘भरोसा’ भन्नु तिनै ईश्वरी थिइन् ।

प्रकाशित मिति: : 2019-07-01 17:02:15

प्रतिकृया दिनुहोस्