नेकपामा उपनिर्वाचनका लागि दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई

तस्बिरः बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने तीनै तहको उपनिर्वाचनको लागि दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले सबै प्रक्रिया पुराएर दल दर्ता गर्ने जिम्मेवारी महासचिव पौडेललाई दिईएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि दलहरुलाई भदौ मसान्तसम्म दल दर्ता गर्न मिति तोकेको थियो। नेकपाले उपनिर्वाचनको तयारी तिव्र पार्ने निर्णय पनि गरेको छ। पार्टीको सांगठनिक एकताको विषयमा भने अर्को बैठकमा टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बतएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि बुधबार पहिलो पटक नेकपाको सचिवालय बैठक बसेको हो। त्यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भाद्र ९ गते सचिवालय बैठक बसेको थियो।

 

प्रकाशित मिति: : 2019-09-11 19:00:43

प्रतिकृया दिनुहोस्