एसइईले बढायो करिश्मा मानन्धरको मुटुको ढुकढुकी

काठमाडौं, असार ११ : नेपाली फिल्मका हरेक उमेरका दर्शकको मुटुकी ढुकढुकी हुन् अभिनेत्री करिश्मा मानन्धर। यतिबेला भने एसईईले उनको मुटुको ढुकढुकी बढाएको छ।

यस वर्षको एसइईको परीक्षाफल प्रकाशनको अन्तिम तयारी भइरहेको छ। एक-दुई दिनभित्रै रिजल्ट आउदै छ। उनी पनि एसइईको परीक्षाको रिजल्टको प्रतिक्षामा छिन्।

अभिनयमा सक्रिय रहँदारहँदै उनी केही समय ब्रेक लिएर पढाइमा लागेकी थिइन्।

सानै उमेरमा कलाकरितामा लागेकाले पढाइ अधुरै थियो। त्यसलाई पूरा गर्न उनी विद्यालय भर्ना भएकी थिइन्।

यो उमेरमा एसइई पूरा गर्ने उनको आँटले सबैको वाहवाही पाएको थियो। उनी धेरैको प्रेरणा बन्न पुगेकी छन्।

प्रकाशित मिति: : 2019-06-27 08:16:15

प्रतिकृया दिनुहोस्