काठमाडौँको कुन ठाउँमा कति पर्छ घडेरीको मूल्य ? (सूचीसहित)

काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रका १ सय ७७ स्थानको घडेरीको मूल्य सार्वजनिक गरेको छ । महानगरपालिकाको प्रमुख सडक र सडकको दायाँबायाँ जग्गाको सम्पत्ति कर मूल्याङ्कनका लागि घडेरीको मूल्य निर्धारण गरेको हो । महानगरले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा घडेरीको मूल्य सार्वजनिक भएको हो । यही मूल्यका आधारमा महानगरले कर उठाउनेछ

काठमाडौँ उपत्यकामा घडेरीको मूल्य निकै महङ्गो छ । महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । पछिल्लो समय काठमाडौँमा घडेरीको मूल्य अकाशिएको छ ।  ५० लाख रुपैयाँ भन्दा महंगा घडेरी पनि छन् । तर महानगरले अधिकतम  ५० लाख रुपैयाँसम्मको प्रतिआना घडेरीको मूल्याङ्कन गरेको छ । 

मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, रिङरोड, गैह्रीगाउँ तिलगंगा सिनामंगल, गौशला चावहिल हुँदै मालपोत कार्यालयको सिमानासम्मको जग्गा प्रतिआना २८ लाख रुपैयाँसम्म तोकिएको छ ।

प्रकाशित मिति: : 2019-06-27 07:55:40

प्रतिकृया दिनुहोस्