सिरिन्ज प्रकरणः एटिएमदेखि फिल्म हलहुँदै सडकसम्म

काठमाडौं– एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो।

आफुलाई सुई लगाउने महिला करिव २० वर्ष जति भएको प्रहरीसँग बताए। उनका अनुसार छरिएका लामो फोहोरी कपाल भएकी ती महिलासँगै एकजना उही उमेरका पुरुष पनि हिडिरहेका थिए। जसले बेसवलको टोपी लगाएको थियो। पीडीत घटना घटेका बेला आफ्नो प्रेमिकासँग बाटोमा हिडिरहेका थिए।

जब ती युवती आफु नजिक आइन् उनलाई आफ्नो बायाँतिर कुनै तिखो वस्तुले बिजेको जस्तो महसुस भयो। र ती महिलाले सुई लगाउदै ‘एचआइभी क्लवमा स्वागत छ’ भनेको पीडितले प्रहरीलाई बताएका थिए।

 

प्रकाशित मिति: : 2019-06-26 11:05:04

प्रतिकृया दिनुहोस्