ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फिलिपिन्सका गैरआवासीय राजदूत रोमोन एस बगतासिं जेआर राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति भवन, शीतलनिवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरु क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: : 2019-09-11 17:36:47

प्रतिकृया दिनुहोस्