भारतसँगको खुला सिमाना सील गर्नुपर्छ– सांसद पम्फा भुसाल (भिडियोसहित)

तस्बिरः बिएल

सांसदहरुले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने माग गरेका छन्। सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था समितिमा नागरिकता बिधेयकमा बारेमा भएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन्। विदेशी महिलाले नेपालमा विहे गरेर आएको १० देखि १५ वर्षपछि मात्रै वैबाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने धारणा केहि सांसदहरुको भनाई छ।

भारतमा समेत ७ वर्षको व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा पनि यस्तै व्यवस्था हुनुपर्ने उनीहरुको भनाई छ। बैठकमा काग्रेसका सांसदहरुे भने कडा प्रावधानले नेपाल भारतबीचको सम्बन्धमा असर पुग्ने धारणा राखेका थिए। बैठकमा नेकपा सांसद पम्फा भुसालले भने अङ्गीकृत नागरिकतामा कडा प्रावधान राख्नुभन्दा पनि भारतसँगको खुला सिमाना सील गर्नुपर्ने धारणा राखे। अङ्गीकृत नागरिकताको विषयमा सांसदहरुबीच विवाद देखिएपछि यसबारेमा कुनै सहमति हुन सकेन।

प्रकाशित मिति: : 2019-09-11 16:07:14

प्रतिकृया दिनुहोस्