लालसाले 'यौन दासी' बन्न केन्या पुग्छन् नेपाली युवती

केन्याको अम्केइ प्लाजास्थित रंगिला ग्रिल तथा बारमा पक्राउ परेकामध्ये केही महिला। तस्बिर : स्टायन्डर्ड

नैरोबी, केन्या- असली बाई (उमेर २० वर्ष परिवर्तित नाम) नेपालमा रहेको परिवारलाई सहयोग पुर्‍याउने बाटो खोज्ने आशाले गत वर्ष नोभेम्बरमा केन्या आइन्। बुढा बुवा आमाले विद्यालयको शुल्क तिर्न नसकेका कारण ७ वर्षमै विद्यालय छाड्न बाध्य भई केन्या आएकी र यौन दासी बनेकी युवतीलाई उनले भेटिन्। 

यौन दासी 
असली परिवारका ७ सन्तानमध्ये जेठी हुन्। विद्यालय छाडेपछि पैसा कमाउन उनी नर्तकी बनिन्। कामकै दौरानमा आफूलाई 'विश्वास' भनेर चिनाउने  दलालसँग उनको भेट भयो। उसलाई उनले आफ्नो समस्याको बेलीविस्तार लगाइन्। उसले केन्यामा कामका लागि प्रस्ताव गर्‍यो। ‘विशालले नर्तकी खोजी रहेको एउटा मान्छे चिनेको छु भन्यो, म उत्साहित भएँ, ‘उनी भन्छिन्, ‘उसले मलाई आसिफसँग चिनजान गरायो।’ असिफसँग चिनजान भएको हप्तादिनमै उनले केन्याली सहर मुम्बासा आउन राहदानी र हवाई टिकट पाइन्। 

नोभेम्बर १२ मा उनी मुम्बासा सहरको मोइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगिन्। उनलाई त्यहाँ आसिफले ग्रहण गरे। आसिफले बम्बुरीको एउटा घरमा लिएर गए। एक दिन आराम गर्न अनुमति दिए। त्यसपछि उनको नयाँ जागिरका लागि आसिफले ‘रिपोर्ट’ गरिदिए। न्यालीको न्यू रंगिला बार नामक एक रेष्टुरेन्टमा ‘डान्सिङ गिग’मा उनले मुजरा नामक नृत्य अभ्यास गरिन्। त्यसपछि आसिफले उनको राहदानी कब्जा गरे। 

 

प्रकाशित मिति: : 2019-06-24 08:43:10

प्रतिकृया दिनुहोस्