यो वर्ष नर्सिङ क्षेत्रका श्रमिकमात्रै जापान जान पाउने

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले यो वर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने जानकारी दिएका छन्।

जापान खुल्नै लागेको भनेर भाषा पढाउँदै पैसा असुल गर्ने क्रम बढेका बेला उनले यस्ता हल्लाको पछाडि नलाग्न आग्रह गरे।

‘जापान सरकारसँग हाम्रो अनौपचारिक छलफल हुँदा अक्टोवरमा नर्सिङ केयरको लागि मात्रै परीक्षा लिइने जानकारी आएको छ’ उनले भने ‘यो वर्ष लाने भनेको १४ सेक्टर मध्ये नर्सिङ केयर सेक्टर मात्र हो।’

जापान जानको लागि भाषाभन्दा सम्बद्ध नर्सिङ सेक्टरको सिप सिक्न उनले आग्रह गरे। ‘जापनी भाषा पढ्दैमा जापान जान पाइँदैन, कोरियाको जस्तो सिस्टम होइन। जापानमा रोजगारीको सवालमा भाषा भन्दा ३ गुणा महत्व सिपको हुन्छ,’ उनले भने ‘ नर्सिङ केयरकै कुरा गर्ने हो भने ६० मिनेटको स्किल टेष्ट हुन्छ र २० मिनेटको मात्र भाषा परीक्षा हुनेछ,।’

प्रकाशित मिति: : 2019-06-23 20:06:41

प्रतिकृया दिनुहोस्