इरान-अमेरिका तनाव: इरानमाथि हमला गर्न ट्रम्पले स्वीकृति दिए, पछि रोके

तस्बिरः बिबिसि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्।

द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ।

योजना सुरुवाती स्तरमै हुँदा ट्रम्पले अमेरिकी सेनालाई निराश बनाएको समाचारहरूमा उल्लेख छ।

पत्रिकाका अनुसार सो आक्रमण इरानले अमेरिकी ड्रोन खसालेको बदलामा गर्न लागिएको थियो।

प्रकाशित मिति: : 2019-06-21 15:11:03

प्रतिकृया दिनुहोस्