प्रधानमन्त्री बोल्न लाग्दा कांग्रेसको अवरोध, प्रतिनिधि सभा बैठक स्थगित

अन्नपूर्ण

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै कांग्रेस सांसदले विरोध गरेका थिए । 

बैठक सुरु हुने बितिकै सभामुख कृष्णबहादुर महराले प्रधानभन्त्री केपी ओलीलाई सम्बोधनका लागि समय दिएका थिए। तर कांग्रेसले आफ्नो दलका नेतालाई बोल्न नदिएको भन्दै नाराबाजी सुरु गरे।   सभामुख कृष्णबहादुर महराले पटकपटक प्रधानमन्त्रीको कुरा सुन्न आग्रह गरिरहँदा पनि प्रतिपक्षी दलका सांसद नाराबाजी गरी रोस्टम घेराऊ गरिरहे।

प्रकाशित मिति: : 2019-06-18 13:15:16

प्रतिकृया दिनुहोस्