पानीजहाज चल्ने टुंगो छैन, कार्यालय उद्घाटनकै खर्च अझै भुक्तानी भएन

फाइल तस्बिर/नयाँ पत्रिका

गत २ फागुनमा प्रधानमन्त्री केपी ओलीले एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरे । उद्घाटनको अवसर पारेर कार्यालय सिँगारियो, मञ्च पनि झकिझकाउ पारियो । कार्यक्रममा ३ जना मन्त्रीसमेत सहभागी थिए । दिवाभोजको आयोजना पनि गरियो । तर, यसरी तामझामका साथ उद्घाटन गरिएको पानीजहाज कार्यालयको उद्घाटन खर्च भने अझै भुक्तानी हुन सकेको छैन । 

कार्यक्रमको होर्डिङबोर्ड बनाउनेदेखि क्याटरिङ सेवा उपलब्ध गराउने कम्पनीहरू भुक्तानीका लागि तीन महिनादेखि पानीजहाज कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय धाइरहेका छन् । तर, उनीहरूले अझै भुक्तानी पाउन सकेका छैनन् । ‘प्रधानमन्त्रीको विशेष प्राथमिकतामा परेको कार्यालय र प्रमले नै उद्घाटन गरेको कार्यक्रमको भुक्तानी अझै गरिएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रचारप्रसार गरेर आयोजित उद्घाटन कार्यक्रमको करिब ४ लाख रुपैयाँ खर्च पनि अझै भुक्तानी नगरिनु खेलाँची हो ।’

प्रकाशित मिति: : 2019-06-13 10:10:45

प्रतिकृया दिनुहोस्