५० हजार डलरको लिड २०३० च्यालेन्ज बिजेता बोनिता शर्माको कथा (भिडियो स्टोरी)

काठमाडौं, जेठ २८ : बोनिता शर्मा काठमाडौंमा जन्मिइन्। यहीँ बढिन्, यहीँ पढिन् । जनस्वास्थ्यमा स्नातक र पोषणमा स्नातकोत्तर गरेकी छिन् उनले।

बोनिताकाे दायाँ हातमा दुइटा माला (‘ब्रेसलेट’) छ। हिजाेआज सधैँ लगाउँछिन् मालाका ती  ‘ब्रेसलेट । दुवै मालामा फरक–फरक छन्। उनले भनिन्, ‘एउटा ‘ब्रेसलेट’ पोषणसँग सम्बन्धित छ, जसले शिशुको सुनौला हजार दिनको अवधिलाई जनाउँछ। अर्को चाहिँ महिलाको रजस्वलाको अवधिलाई सम्झाउन सघाउछ।’ 

बोनिताले नेतृत्व गरेको सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) समूहका अभियन्ताले  महिलालाई एउटा र किशोरीलाई अर्को (ब्रेसलेट) दिन्छन्। अनि त्यसै अनुसार शिशुलाई सुनौला हजार दिनमा कुपोषणबाट जोगाउने उपाय सिकाउँछन्। किशोरीलाई आफ्नो माहिनावारीबारे चेतना जगाउँछन्। सोचाइले प्रवर्द्धन गरेको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज–२०१६ पुरस्कार पाएको थियो ।

प्रकाशित मिति: : 2019-06-12 07:21:17

प्रतिकृया दिनुहोस्