थली चाेकमा सडक स्तराेन्तीकाे माग गर्दै स्थानीय आन्दोलित

अमुल थापा

जोरपाटी-साँखु सडक खण्डको थली चोकमा स्थानीयले टायर बालेर आन्दोलन गरेका छन् । सडक ग्राभेल गर्ने क्रममा ठेकेदारले हिलो माटो सडकमा झारेकाे भन्दै कागेश्वरी नगरपालीका ४ र ५ का स्थानीय आन्दोलनमा उत्रिएकाे नेविसंघका नेता मनीष सिंखडाले बताए । सडककाे धुलो र हिलो नियन्त्रणकाे लागि स्थानीयले पटक पटक माग गर्दै आएका थिए । 

तत्काललाई सडक ग्राभेल गर्न र  एक हप्ताभित्रमा सडक पिच गर्नुपर्ने मागसहित आन्दाेलन थालिएकाे स्थानीय सुजन काफ्लेले बताए । घाम लाग्दा सडकमा धुलाे र पानी पर्दा हिलाेकाे समस्या लामाे समयदेखि यस क्षेत्रका स्थानीयले झेल्दै आएका छन् । 

प्रकाशित मिति: : 2019-06-11 14:26:27

प्रतिकृया दिनुहोस्