घरमै प्रसूति गराउँन बाध्य दुर्गमका महिला

डिबी बुढा

जुम्ला(सिँजा) - कनकासुन्दरी गाउँपालिका ५ की नानु बुढा घरमै सुत्केरी हुन बाध्य भइन्। उनका लागि घरमा सुत्केरी हुनुको बिकल्प थिएन्। गाउँदेखि झण्डै तीन घण्टाको पैदल दुरीमा बर्थिङ सेन्टर भएकोले समयमै स्वास्थ्य संस्थामा लैजान सकेनन् परिवारले। ब्याथाले निकै च्यापिसकेको थियो। स्वास्थ्य संस्थासम्म डोकोमा बोकेर लैजादा बाटोमै सुत्केरी हुन सक्ने अवस्था थियो, महिला स्वास्थ्य स्वयमसेविका डल्ली बुढा भन्छिन्,‘ जेनतेन घरमै सुत्केरी गराइयो। निकै जोखिम मोलियोे। रातभर जाग्राम बसियो।

गत वर्ष कनकासुन्दरी बुडु गाउँकी बिसुदा बुढाको सुत्केरी गराउन लैजादै गर्दा बाटोमै सुत्केरी भइन्। गाउँ नजिकै बर्थिङ सेन्टर छैन् ।सुत्केरी ब्याथा लागेमा भरसक गाउँमै सुत्केरी गराउन खोज्छौँ, महिला स्वयमसेविका बुढाले भनिन्,‘घरमा सुत्केरी गराउन नसकेको खण्डमा बर्थिङ सेन्टरमा लैजान्छौँ। निकै जोखिम मोलेर लैजादै गर्दा कतिपय सुत्केरी बाटोमै बच्चा जन्माउँछन्। बीचबाटोबाट फर्काउनु पर्ने अवस्था रहन्छ। ’ यहाँका गर्भवति कालसंग जुधेर  सुत्केरी हुने गरेका छन्।

गाउँबाट आधा बाटो हिडिसकेपछि फुटासिल्ला मन्दिर नजिकै सुत्केरी भएकी विसुदालाई घर फर्काइयो। बाटोमा सुत्केरी हुँदा निकै कठिन भयो। आमा र बच्चाको सुरक्षा दिन असहज बन्यो। दुई वर्ष पहिले सुत्केरी गराउन वर्थिङ सेन्टर लैजादै गर्दा मया बुढाको मृत्यु भयो। उनी पहिलो गर्भजाँच गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेकी थिइन्। चिकित्सक फेरि एक पटक गर्भजाँच गर्न आउन सुझाव दिएका थिए । तर  आर्थिक समस्याका कारण चेकजाँच गर्न पाईनन्।

प्रकाशित मिति: : 2019-06-10 12:34:55

प्रतिकृया दिनुहोस्