मेराे साथी !
चाेली च्यातिएका, एसिडले हाेली खेलेका
नवजात शिशुका घाँटी रेटिएका, गाँस खाेसीएका, बाँस लुटिएका
सित्तैमा धेरै खबर सुन्न पाइयाे,
बाँकी के छ तेराे खबर?
खाेल मुखकाे मास्क
लाै सल्का याे- खुकुरी चुराेट!
जीन्दगी-जिन्दगी नभएर अरु नै केही भएकाे दिनदेखि नै हाे
भारी हुँदै गएकाे याे हावा,
सम्बन्ध-सम्बन्ध जस्तै नभएर अरु केही भएकाे दिनदेखि नै हाे
आँखामा देखिन थालेकाे आगाे
र, माया- माया नभएर अरु केही भएकाे दिनदेखि नै हाे
शंकाले सगरमाथा आराेहण गर्न थालेकाे,
निभाउ त्याे मुला सिग्रेटकाे ठुटाे
बरु थपाै एक पेग रक्सी!
मेराे साथी
मर्छु भनी हिँडेकाे दिनदेखि
मृगाैलाकाे माया मारे र एक पेग बेशी पिए
उनकाे बासस्थान बिर्से र एक खिल्ली बढि उडाए
बाँच्नु बेकार हाे भनेकै दिन
किन किन उनकाे यादले सताइरह्याे
आज संयाेगले तँसँग भेट भएछ।
इतिहासकाे गर्वबाट
बिस्फोट भएर खसेकाे बारुद जस्ताे देखिने
सबैभन्दा काेमल चिज केवल उनैकाे मुस्कान रहेछ,
त्यही मुस्कानकाे काेखिलाबाट बग्याे याङ्सीकाे पुरातन सभ्यता
कसरी कसरी भएछ प्यार पत्थरसँग
र त, मूर्तिहरुमा इश्वरकाे छाँया देख्छु
मन्दिरमा आस्थाकाे जिर्ण आकृति भेट्छु।
माैनताकाे आदत परेका पत्थरहरुकाे प्यारमा परेकाे
भक्तजन जस्ताे फूल, अबिर र प्रसादमा
केवल याचनाकाे निलगीरि बगेकाे देख्छु,
रित्या त्याे जाबाे एक गिलास
त्याे कुखुराकाे फिलापनि चपा
आज संयाेगले तँसँग भेट भएछ।
कलेज ताका काेहि साथी भेटिदैनन् अहिले
काेहि नख्खुकाे जेलजस्ताे काेठामा पसिनाकाे व्यापार गर्दै
लड्दैछन् नवउदारवादी शासकसँग,
कसैले लगनगाठाे कसेर किन्दैछन् बेलुन र आइसक्रिम,
काेहि ब्राेकर बनेर हिड्दैछन्- हटकेक शैलीमा,
कसैलाई भ्याइनभ्याइ छ- नगर, प्रदेश र सर्वाेच्चमा,
बाँकी सबै कालका दिन पूरा गर्दैछन् हामी जस्तै।
कलेज ताका काेहि साथी भेटिदैनन् अहिले
आज संयाेजले भेट भएछ,
एक बाेतल थपाै कि ?
यतिन्जेल बेसाेमत बनेर
सिहंदरबारकाे मुल गेट अघि उभिएर
बेकारमा श्रीमती, जयजात्क (केटाकेटी)र परिवारलाई गाली गरियाे
गालीपर्नुपर्ने मान्छे अर्कै रहेछ,
यतिन्जेल बेकारमा समाजकाे जेब्राक्रसमा हिडेर नियमकाे
पालना गरियाे,
थुक्नु, कुल्चनु र हिड्नुपर्ने थुप्रै अन्य घाेरेटा-बाटाहरु रहेछन्.
यतिन्जेल बेकारमा गिलास रित्याइयाे र खिल्ली उडाइयाे।
घुडाँका फाटेकाे जिन्स पाइन्टस् जस्ताे
जिन्दगीमा टालाे जस्ताे तँ आफन्त भेटिन्छस्
र, बाँच्न मिल्ने भएकाे छ।
मर्न त एक गिलास, एक खिल्ली र देशकाे खराब राजनीतिले मात्र पुगेकाे छ
मर्न त नैसर्गिक ऋण र बन्द बाकसमा फर्केकाे पासपोर्टले मात्र पुगेकाे छ
बर्खाकाे बाढी, हिउँदकाे तुषाराे र जेठकाे गर्मीले पुगेकाे छ
सिहदरबार, शितल निवास र बानेश्वरकाे कचकचले पुगेकाे छ
साथी संयाेगले आज भेट भएकाे छ,
एक बाेतल थपाै!
मर्नु त छ- छ।