९५ वर्षअघिको त्यो सगरमाथा आरोहण

बेलायती आरोहण दलले १९२१मा खिचेको तस्वीर | तस्वीर:न्यूयाेर्क टाइम्स्

हिमाल शान्त भ्रम हुन्। हिउँले ढकमक्क, कहिलेकाहीँ अन्धो बनाउने गरी चम्किला हुन्छन्।

हिमालको ढाड चढ्ने यात्रु हिमाललाई निरपेक्ष देख्छन्। बेलायती साम्राज्यको अन्त्यतिर यी युरोपेली पुरूष सगरमाथा जित्न हिँडेका हुन्। दोहोरिरहने त्यो समयका कथाले यस्तै भन्छन्।

जित्न? साँच्चिकै? कसले कसलाई जित्छ? हिमालले मानिसलाई सर्लक्कै निल्नसक्छ भनेर हिमालयको सामना गर्नेले मात्रै बुझ्नसक्छ।

यी तस्वीर बेलायती आरोहण दलले सन् १९२१, १९२२ र १९२४ मा कैद गरेका हुन्। यी केही तस्वीर पृथ्वीको सर्वाेच्च शिखरको सबैभन्दा पुराना तस्वीरमध्ये पर्छन्। यिनै तस्वीर सगरमाथा नाप्न प्रयासरत हाम्रो प्रजातिका प्रथम तस्वीर पनि हुन्। भावी पुस्ताका लागि यो साहसिक कार्यको अभिलेख बनेका छन् यिनै तस्वीर। 

प्रकाशित मिति: : 2019-06-10 07:54:48

प्रतिकृया दिनुहोस्