शिक्षिकाको पारिश्रमिक नदिने बोर्डिङलाई प्रेम सञ्जेलको कारबाही

सनसाइन सेकेण्डरी बोर्डिङ स्कुलकी शिक्षिका तुलसा पोखरेल

जेठ २०, २०७६

विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरले पारिश्रमिक नदिएको भन्दै एक बोर्डिङ स्कुलका विद्यार्थीको एसइइ परीक्षाफल प्रकाशित नगर्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ। 

आफ्नो फैसला कार्यान्वयन गर्न र पीडितलाई न्याय दिन हदैसम्मको प्रयास गर्ने श्रम कार्यालयका बरिष्ठ अधिकृत प्रेमप्रसाद संजेलले सुनसरी इटहरी १२ खनारमा रहेको सनसाइन सेकेण्डरी बोर्डिङ स्कुलको एसइइ परीक्षाको रिजल्ट रोक्का गर्न पत्राचार गरेको हो।

श्रम कार्यालयले शिक्षा मन्त्रालय, शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास तथा समन्वय इकाई इनरुवा सुनसरी, राष्ट्रिय परीक्षा बोर्ड विराटनगर शाखामा पत्राचार गर्दै शिक्षिका तुलसा पोखरेललाई पारिश्रमिक नदिने उक्त बोर्डिङको परीक्षाफल रोक्का गर्न र स्कुलको इजाजतपत्र समेत खारेज गर्न आग्रह गरिएको छ। 

प्रकाशित मिति: : 2019-06-04 06:41:02

प्रतिकृया दिनुहोस्