सांस्कृतिक कार्यक्रममा प्रमुख रोजाइ बन्दै महिला पञ्चेबाजा (फोटो फिचर)

पञ्चेबाजा बजाउँदै रूकुमेली महिलाहरू । तस्बिर : थाहा खबर

जेठ २०, २०७६
रुकुम : १२ औँ गणतन्त्र दिवस मनाउने क्रममा सबैभन्दा अग्रभागमा रुकुमका महिलाहरू नै पञ्चेबाजासहित नाच्दै थिए। गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले खलंगादेखि सेरीगाउँ सम्म गरेको प्रभातफेरीमा जिल्लामा महिलाहरूलाई पञ्चेबाजा बजाउने जिम्मा दिइएको थियो।

यो मात्र होइन जिल्लामा हुने प्रभातफेरी, र्‍याली र अन्य सांस्कृतिक कार्यक्रमहरूमा महिलाहरूले बजाउने पञ्चेबाजा नै सबैको प्रमुख रोजाइ बन्दै गएको छ।विभिन्न शुभकार्यमा पुरुषले मात्रै बजाउँदै आएको पञ्चेबाजा केही वर्षदेखि रुकुम पश्चिमका महिलाहरूले पनि बजाउन थालेका हुन् भने उनीहरूको लोकप्रियता पनि दिन प्रतिदिन बढ्दै छ।  

पछिल्लो समय पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेकोमा रुकुमका महिलाहरू भने झनै उत्साहित छन्। महिलाले बाजा बजाउने र नृत्य समेत देखाउने गरेका छन्। मुसीकोट नगरपालिका १ सालघारीमा रहेको पञ्चेबाजा संरक्षण महिला समूहले यसको सम्पूर्ण जिम्मा लिने गरेको हो। २०७१ सालको फागुन महिनादेखि निरन्तररूपमा महिलाका काँधमा दमाहा र ट्याम्की, मुखमा सनही र नरसिंगा, हातमा छिल्लरलगायत बाजा छन्।

प्रकाशित मिति: : 2019-06-03 09:17:25

प्रतिकृया दिनुहोस्