तल नवीननगर, बिचमा पाटन, माथि दिन हिमाल, हिमालको काखमा हरियो पाटन, बिचमा विश्व माईकाे विशाल मन्दिर थियो। डाँडाकाँडा हिउँले ढपक्क ढाकेका हन्थ्याे। हरिया डाँडामाथि सेताे टल्कने हिउँ, कुनै अप्सराले घुम्टाेमा सेताे दुपट्टा ओढेकाे जस्तो देखिन्थ्यो। टाढाबाट हेर्दा निकै सुन्दर लाग्ने, हेरिरहुँ लाग्ने, परीकाे शिरकाे ताज जस्तै।
मन्दिरमाथिकाे गजुर, सँगैकाे राताे झण्डा सधैं फर्फराइ रहेको हुन्थ्यो, चम्किरहन्थ्याे। विश्व माईप्रति मानिसको अथाह विश्वास थियो। हिउँदकाे कठ्याङ्ग्रिदाे जाडोमा पनि मानिस खाली खुट्टा मन्दिर पुगेका हुन्थे। काेहीकाेही उल्टो हिँडेर माताकाे मन्दिरसम्म पुगेका हुन्थे। काेही लम्पसार सुतेरै मन्दिरको द्वारासम्म पुगेका देखिन्थे।
०००
प्रत्येक वर्षको पहिलो शनिबार विश्वदेवी माईकाे मन्दिरमा ठूलो मेला लागेको हुन्थ्यो। सात्र गाउँका मान्छे मेला भर्न वर्षको पहिलो आइतबार बिहानै माईकाे मन्दिरमा पुगेका हुन्थे। निधारमा जय माता लेखेको झिलिमिलि पट्टी बाँधेका हुन्थे। हातहातमा भाकल अनुसारका पशु लग्थे। जति ठूलो भाकल, त्यति ठूलो बलि हातहातमा देखिन्थ्याे। भाकल पूरा हुन्छ/हुँदैन त्यो तिनैले जानुन्। तर पशुको आकार हेरेर जति ठूलो बर माग्याे, त्यही अनुसारका बलि (परेवा, भाले, बाेका र रांगा) काे लस्कर मान्छेसँगै देखिन्थ्यो। मन्दिरकाे दुबै किनारबाट रगतको खाेलाे बगेको हुन्थ्यो। प्रायः दर्शनार्थी माईलाई रिझाउन बलि चढाउँथे। रगत अर्पण गर्थे। माईकाे प्रिय भाेजन, रगत थियो।
अक्सर मेलाको दिन धामीले ‘बाेल कनकासुन्दरी कि जय ! बाेल मष्ठा कि जय ! बाेल विश्व माईकी जय’ सबैलाई भन्न लगाउँथे। थानभित्रबाट खाम भाषामा ‘मुल धामी, मुरली स्वामी थाथा...थाथा ..थाथा’ भनी चिच्याउँथे। ‘बाेल ..बाेल .. जयजय ... कार...’ गर भन्दै, दर्शनार्थीलाई, ‘जा ऐ तेरो एका एकाइस हाेस् ! दे मकन क्या दिनैं त!’ भन्दै दर्शनार्थीका हातबाट बाेका तान्दै दाँतले छिन्ट्याउँथे। मानिसहरु प्रभु भन्दै आँसु बगाउँथे, पुजारी भक्तजनलाई रगतको टीका लगाइदिन्थे। रगत पिउन भन्थे। दर्शनार्थी प्रभु भन्दै मज्जाले पिउँथे।
तर, ती तमाम तमाशा मनै नपराउने नविननगरका एकमात्र व्यक्ति मणिकान्त खनाल थिए। उनी मज्जाले विरोध गर्थे। प्रश्न गर्थे, धामीलाई बारम्बार चुनाैती दिन्थे। ‘शक्ति र भक्ति भए एक किलो चामल, दाल गरीबका लागि निकाल, जातवादी जिवाणुकाे अन्त्य गर, हाेइन भने याे कालाे जादु बन्द गर।’ गाउँका अधिकांश उनका विरोधी थिए। ‘याे अधर्मी किन बाैलाउँछ’ पनि भन्थे।
०००
मन्दिरको काखैमा मणिकान्तकाे गाउँ नविननगर थियो। गाउँ निकै सुन्दर, बस्ती मिलेको, शिरमा दिन हिमाल, बिचमा विशाल पाटन, तल कलकल बग्ने कर्नाली। देख्दा आँखालाई अति आराम मिल्थ्याे। तर याे लाेभदाग्दाे प्राकृतिक देनलाई, आँखा मस्तिष्कलाई राहत दिने प्रकृतिकाे अनुपम उपहारलाई ,ओझेलमा पार्न, हराउन, मान्छेलाई मार्न पल्केकाे जातवादी भाइरसले नविननगरलाई सताएको जुगाैं भएको थियो। रुवाएकाे थियो, पीडा एकपछि अर्को गर्दै थपेको थियो। समयक्रमसँगै नयाँ-नयाँ अवतार र तरिका पनि देखाउँथ्याे, सिकाउँथ्याे मानवता विरोधी भाइरसले।
विभेदकारी भाइरसले नविननगर तहसनहस भएको थियो। सामाजिक भाइचारा, एकता चिराचिरामा विभाजित थियो। विशेषगरी कलिला मुनाहरु, फक्रेका फूलहरु, कलमी बन्न खाेज्ने मनहरुलाई निशाना बनाउँथ्याे। सके पन्छाउँथ्याे, नसके सिध्याउँथ्याे। यिनै यावत कारणले मणिकान्त जस्ता केही नविननगरेले माईलाई बहिष्कार गरेका थिए। देवी भए याे विभेदकारी भाइरसलाई किन नमारेको ? एकल जातवादी सिन्डिकेट मन्दिरमा किन लागू गरेको? भनी प्रश्न गर्थे। भलै मणिकान्त खनाल थिए, तर उनको अभिव्यक्ति निकै खराे र परिवर्तनकारी थियो।
नविननगर जातवादी भाइरसले थला परेको वर्षाैं भएको थियो। देवी हेरेकाे हेरै थिइन्। यस भाइरसका लक्षण पनि अचम्मका छन्। थर साेध्ने, कुल गाेत्र हेर्ने, चल्ने/नचल्ने हेर्ने, मिले जाेड्ने, नमिले जसरी हुन्छ विनाश गर्ने। वर्षेनी जातवादीले धेरै मान्छे खाएको थियो। कति भगाएकाे थियो। झुण्ड्याइएकाे थियो। खाल्टामा पुरेको थियो। कतिलाई सामूहिक मृत्यु शैयामा पुर्याउने काम गरेको थियो। बाँध्ने, खेद्ने, कुटपिट त सामान्य थियो।भाइरसले सिकार गरेपछि कति भेरीमा बगे, रुखमा झुन्डिए त कति माटोमा मिले। अड्डा, अदालत, चाैकी, समाज, भद्रभलाद्मी सबै रमिते थिए।सामाजिक सद्भावकाे डर छ भन्थे।
अस्ति भर्खरै मणिकान्त खनालको कान्छो छाेराे, समुन्द्र दमाईकी छाेरी, रीता मिजारकी बहिनी, पवन नेपालीकी भतिजी, एकैदिन मार्याे जातवादी भाइरसले। रीता मिजारकी बहिनी रुखमा झण्डिएकाे अवस्था भेटिइन्, खनालको छाेराकाे लास बाटामा क्षतविक्षत अवस्था थियो। नेपालीकी भतिजी खाल्टाेमा पुरिएकी थिइन्। पहिला पनि धेरैलाई कहिल्यै नफर्किने गरी लगेकै हाे। धेरैलाई रुवाएकै हाे। छाेराकाे हत्या भएदेखि मणिकान्त एकदम विक्षिप्त, अशान्त थिए। गाउँलेलाई गाली गर्थे। ‘मेरो छाेराे मार्याै हत्यारा’ भन्थे। रीताकाे अवस्था झन् नाजुक थियो। तरुनी बहिनी पापीले लग्याे। गाउँतिर हेर्दै ‘मार ऐ! पापी...एकएकलाई मार’ भन्थिन्।
०००
नविननगरकाे माथिल्लो भेग शाेकमा थियो। छाेराकाे मृत्युपछि मणिकान्त अक्सर चाैतारामा भेटिन्थे। सायद छाेराकाे पीडा कम हुन्छ कि भनेर चाैतारामा गइरहन्थे। वरिपरि गाउँका बुढापाका गफिएका हुन्थे। मणिकान्त भने चाैताराकाे ढिलमा बसेर गाउँ हेरिरहन्थे, सबैका कुरा सुन्थे।
त्यसदिन कहिल्यै चाैतारामा नदेखिने अल्लारे माइला पनि चाैताराेमा आयो, साथमा रेडियो थियो। सबैलाई नमस्कार-नमस्कार भन्यो। अचानक, अल्लारे माइलाको छेउमा राखेको रेडियोले समाचार फुक्याे ‘नविननगरमा डिएसपी माधव विश्वकर्माकाे सरुवा!’ जातवादी भाइरसबाट व्याप्त जनताले राहत महसुस गर्ने अनुमान। समाचार टुंगिन नपाउँदै अल्लारे माइलाले तुरुन्तै रेडियो बन्द गर्याे। ‘अब बर्बाद भयो, यसले एकएकलाई सिध्याउँछ’, छेउमा बसेका शंकर काकालाई सुनायाे। ‘काका केही गर्नुपर्याे, यसलाई जसरी पनि राेक्नुपर्छ नत्र यसले हाम्रो कुल गाेत्र सबै सखाप पार्छ। याे त दानव हाे’, अल्लारेले भन्यो। एकाएक अल्लारे माइला हतास देखियाे। ‘काका अब हामी सक्कियाैं’ भनी चाैताराबाट झर्याे। मणिकान्त भने खुसी थिए। ‘हाहाहा, अब ठिक हुन्छ। माधव विश्वकर्मा....!’ उनी पनि गाउँतिर झरे।
‘मान्ठाैं हाम्मा दिन आए। जातवादी कुसंस्कारीका दिन गया। ऐ डम्बर नेपाली सुनिस् क्याँ!’ ‘सुने जेठाैं’, भित्र गाेठबाट डम्बरले उत्तर दिए। ‘मेरो छाेराे मार्ने यी अपराधी हुन्। अब एकएककाे हिसाबकिताब हुन्छ। याे बस्ती पापीहरुकाे हाे। दमाईकी छाेरी ल्यायो भनी सबै गाउँले पापीले छाेरा कन मानसिक यातना दिए। ठाउँठाउँमा छाेराकाे कुरा काटे। अन्ततः मेरो छाेराे हार्याे, यी पापीले जिते। अब यी पापीलाई ठिक पार्न मान्छे आएको छ, डिएसपी माधव विश्वकर्मा’ भन्दै मणिकान्त खनाल गाउँलेलाई सुनाउँदै आफ्नो घरतिर लम्केका थिए।
‘बड्डाैं, काे आए गरे’, भक्त कडाराले झ्यालबाट मुन्टाे निकालेर साेध्याे। ‘कान्ठा, डिएसपी माधव विश्वकर्मा, जातवादी मतियारका ओक्ताे! सप्पा भयो त बड्डाै। हुन त यी कुमाण्ठ मान्ने हुन् कि नाई तर हाम्मा ठाउँले असल मान्छे पायो’, उनले थपे। ‘कान्ठा यिनले न गरे कसले गर्ने। यिनले त गर्छन् गर्छन्। यी अपराधीलाई ठुलै पाठ सिकाउँछन्। बड्डाै क्याँ उभा जाँदा, उदा, जाउँ चाैकीतिर ,कहिले आउने हुन्, बुझाैं। हाे हाे .ठिक भनी कान्ठा, ल जाउँ’, मणिकान्तल भने। भक्त र मणिकान्त सरासर चाैकीतिर गए।
०००
धेरै दिनपछि मणिकान्तकाे मुहारमा हाँसो देखिएको थियो। बाटोमा भक्त कडारालाई भन्दै थिए, ‘कान्ठा, हामी सबै मान्ठ एक हाैं, यी पापी मनुकाे सिनाे खान पल्केका दास, जातवादी भाइरसले समाजमा मानवताविरोधी काम गरे।’ ‘सँधियार, जिउँदाकाे जन्ती, मर्दाकाे मलामीलाई जातकाे आधारमा भित्र बाहिरकाे कुरा गर्छन्। यिनका कति छाेराले विदेशी बुहारी ल्याएका छन्। त्यहाँ यी पापी चुपचाप बस्छन्। डलरका कुरा गर्छन्। जब एउटै धर्मभित्रका दाजुभाइका छाेराछाेरीबिच प्रेम बस्छ, तब जात कुल गाेत्र खाेज्छन्। सके छुटाउँछन्, नसके सिध्याउँछन्। मूर्खहरु वैज्ञानिक युगमा कुल गाेत्रकाे कात्रो ओडेर बसेका छन्। एउटा भाेजमा भान्सा अलग गर्छन्। कान्ठा यी पापीकाे आजीवन भलाे नहाेस्। कठै बड्डाै, भलाे यी पापीकै छ त। ठाउँमा यी छन्। तपाईं यति राम्रा कुरा गर्दा, तुमिकन यिनले गन्दैन, भक्त भन्यो। अब हामी गन्छाैं कान्ठा एकएक, कानुन गाउँमा आएको छ’, मणिकान्तले भने।
‘कान्ठा पर बसेका नयाँ सर माधव सर हुन् नि?’, मणिकान्तले भक्तलाई साेधे। ‘हुन्, हुन् बड्डाैं।’
चाैकी बाहिरकाे सुरक्षाकर्मीले साेध्याे, ‘किन केको लागि आउनुभयो ?’ मणिकान्तले ‘हामी माधव सरलाई भेट्न आएका हाैं’ भने। ‘ल यहाँ नाम लेखेरभित्र जानुस्’, जवानले भन्यो। उनीहरू भित्र गए। डिएसपी माधव टेबुल टेनिस खेलिरहेका थिए। जवानले भन्यो, ‘सर! हजुरलाई भेट्न उहाँहरु आउनुभएको छ।’
‘भित्र मेरो रुममा लग्नु, म आइहालेँ’, माधवले जवाफ दिए। जवानले भक्त र मणिकान्तलाई माधव सरकाे कार्यकक्षमा लगे। उनीहरू बस्न नपाउँदै माधव आए। ‘बसाैं, हजुर के कतिले पाल्नुभयाे’ माधवले भने। एक्कासी मणिकान्त राेए। ‘किन रुनुभयो, ल याे पानी पिउनुस्, बसेर मज्जाले गफ गराैंन’, माधवले भने।
‘हजुर, याे हाम्रो स्वर्गजस्ताे नविनगर, यहाँका पापी जातवादी भाइरसले बर्बाद बनाए। धर्मको आडमा कथित सामाजिक नीतिनियमकाे खाेल ओढेर भाइभाइबीच विभेदको ठूलो खाडल काेर्दै छन्। हाम्रा स-साना कलिला छाेराछाेरीहरु यी पापीले जातको नाममा मार्दै छन्। डर, धम्की, गालीगलाेज, ज्यादती त कति हाे कति। याे ठाउँलाई मानवता चाहिएकाे छ सर! यी मान्छे नचिन्ने नरपिचास पापीलाई ठूलो सबक चाहिएकाे छ’, मणिकान्तले सुनाए। मणिकान्तले छेउको आधा गिलास पानी पिए, लामाे सास फेरे।
भक्तले पनि थपे, ‘सर! हाम्रो एउटै समाज हाे। सदियाैंदेखि एकै धर्म, भाषा संस्कृतिमा रहँदै आएका हाैं। सबै मिल्छ तर यी पापीले कहिल्यै बुझेनन्। माया प्रेम हुनु यहाँ अपराध कहलिएकाे छ सर। स-साना बालक यी भाइरसका घरमा अन्जानमै पसे दण्ड तिराइन्छ। यिनलाई आफ्नै जात चाहिएको छ सर। यिनमा मानवता मरेको छ। मान्छेको मनले सधैं जात कहाँ देख्छ र सर। मन त निस्वार्थ हुन्छ। माया निष्कलंक हुन्छ। भावना विशुद्ध आत्मासँग गाँसिएको हुन्छ। तर यी जातवादी भाइरसले कहिल्यै मनन गरेनन्। यिनको भाषा कस्तो निच छ। साेच झनै घिनलाग्दाे छ। आफूजस्तै अन्य मान्छेलाई स्विकार्न नसक्ने साेचप्रति धिक्कार छ। अब हजुरले बचाउनुपर्याे सर ! नत्र हाम्रा भावी सन्तति अकालमै मर्ने भए।’
‘ल ठिक छ हजुर, मेरो सुरुवा नविननगरमा हुनुको मुख्य कारण पनि यिनै भाइसरुलाई तह लगाउनु नै हाे। कसरी हुन्छ फुटेको समाजलाई मानवताको सिद्धान्तमार्फत जाेडाउनु नै हाे। याे कुनै व्यक्तिको व्यक्तिगत समस्या नभएर समग्र समाजको समस्या हाे। यसको हल हामी सबैको एकताबद्धले मात्र हुन्छ’, डिएसपी माधवले सान्त्वना दिँदै भने, ‘हुन्छ यहाँसम्म आउनुभयो, पीडा पाेख्नुभयो, धन्यवाद! अब निर्धक्कासाथ घर जानुस्। हामी मिलेर नै भाइसमाथि विजय हासिल गर्ने हाे।’
०००
भक्त र मणिकान्तका कुराले मानिसमा जातवादी भाइरसले कति पीडा र कुण्ठा दिएको भनी देखाउँथ्याे। मानिस चार हजार वर्षदेखि पीडामा छ।विभेदमा छ, समाज हिन्ताले भरिएको छ। धेरै ठाउँका अपराधीलाई माधवले तह लगाएका थिए। यी भाइरसलाई ठिक पार्नै पर्छन् कि हार्छन्? मणिकान्तहरुकाे ठूलो आशा माधवमै छ।
बिहानै सादा पाेसाकमा माधव नविननगर पुगे। मणिकान्त चिया पिउँदै थिए। माधवलाई देख्नेबित्तिकै भने, ‘चिया पिउँ हजुर।’ ‘नपिउँ हाेला’, माधवले जवाफ दिए। ‘ल तपाईं मसँग हिँड्नुपर्याे, गाउँ डुलाउनुस्’ माधवले आग्रह गर्दै भने। मणिकान्तले सहमति जनाए। हतारहतार चिया पिए। ‘जाउँ सर, हाम्रो गाउँ प्राकृतिक हिसाबले ठिक छ। तर यहाँका मान्छे जनावर जस्ता’, मणिकान्तले सुनाए।
दुबै जना गफिँदै थिए, माधवकाे आँखा सडक किनारकाे घरमा कलमा लुगा सिलाउँदै गरेका वृद्धतिर गयो। माधवले मणिकान्तलाई साेधे, ‘याे उमेरमा पनि उहाँ काम गर्दै हुनुहुन्छ, घरमा काे-काे छन् नि ?’ मणिकान्तले भने, ‘बसेर कुरा गराैं सर, उहाँको कथा एकदम वियाेगात्मक छ।’ लक्का जवान दुई छाेरालाई वृद्ध काँधमा हालेर दाहसंस्कार आफैँले गरे। पाहाेर श्रीमतीकाे मृत्यु भयो। अहिले एक्लै छन्।
माधव र मणिकान्त ती वृद्वाकाे घरमा बसे। ‘के छ बुबा सन्चै हुनुहुन्छ’, माधवले साेधे। ‘एक हुनु बाबु दुधु छैन भाति छैन केको सुखिया ! अघि छैन पछि छैन केकाे मुखिया, यस्तै छ। काेही छैन बाबु मेरा’, वृद्धले जवाफ दिँदै भने, ‘बुढेसकालका लठ्ठी भएका दुई छाेरालाई यही गाउँकाले मारे। छाेरा-बुहारी एकले अर्कोलाई असाध्यै माया गर्थे। ठूला जातकी मेरी बुहारीले मेरा छाेरालाई विवाह गरिनस् भने म मर्छु भनेकी रहिछन्। आज उसका दुई छाेरा छन्। मेरा छाेरा मारिए। सुन्छु, ती हत्यारा यतै हाम्रै वरिपरि छन् रे। के गर्नु छाेराका अपराध भनेको ठूलाकी छाेरीलाई विहेकाे निम्ति भगाउनु थियो। विडम्बना याे समाजले हाम्रो सम्बन्ध स्वीकारेन बाबु!’
माधव एकछिन माैन भए, आकाशतिर हेर। वरिपरि घर एक फन्काे लगाए। ‘हुन्छ, बुबा हामी जान्छौं’ भन्दै बिदा मागे।
‘यस्तै छ सर, नविननगरकाे हालत। अब तपाईंको हातमा छ सबै’, मणिकान्तले भने। दुबै जना हिँड्दै थिए, अल्लारे माइलाे भेटियो। दाइ नमस्कार! माइलाेले मणिकान्तलाई भन्यो। मणिकान्तले भने, ‘उहाँ सर हुनुहुन्छ, उहाँलाई पनि नमस्कार गर भाइ।’ अल्लारेले नकार्याे, मुन्टाे बटारेर सरासर गयो। माधवले एकछिन हेर, अल्लारे हतारहतार हिँड्याे। माधवले केही साेधेनन्!
०००
गाउँ डुल्दै बेलुकी पख माधव चाैकीतिर गए, मणिकान्त घरतिर। मेसकाे खानापछि माधव काेठामा गए, तर उनलाई निन्द्रा भने लागेन। वृद्वकाे मुहार, कलको आवाज, एक्लो ज्यान, झुपडीकाे बास र आफ्नै छाेराकाे दागबत्ती दिने पिता आँखा मस्तिष्कमा आइरहे।
अरु धेरै कथा नविननगरका छन्। सबैका कथा, पीडाले भरिएका छन्। तर ती वृद्धकाे कथाले माधवलाई बेस्सरी पाेलेकाे थियाे। उनी सुत्न सकेनन्, मध्यरातमा फेरि गाउँ डुल्न हिँडे। गाउँ पुरै सुनसान थियो। एउटा घरमा भने चहलपहल थियो। माधव लुकेर त्यस घरको गतिविधि हेर्न थाले। घरको पछाडि कुरा सुन्दै थए। अचानक ‘सबैले बुझेको हाेनी, आ-आफ्नो काम। बुझ्याैं’ चार/पाँच जनाले एकपटक भने। सबै बाहिर निस्के। माधव कुनामा लुके। त्यसलाई सबक सिकाउनुपर्छ भन्दै उनीहरू आ-आफ्नो बाटो लागे। एकछिन पछि माधव पनि निस्के। ढाेका छेउमा उनले माेबाइल फाेन भेटे। फाेन हेरे , नयाँ थियो। गाेजीमा राखेर उनी पनि चाैकीतिर गए।
माधवले बिहानै दश जवानलाई गाउँका सबैलाई सामुदायिक भवनमा भेला गर्न लगाए। प्रहरी जवान घरघरमा गए र सूचना दिए सबैलाई। ११ बजे डिएसपी माधव प्रहरी पाेशाकमा सामुदायिक भवनमा पुगे। खुकुरी र तारा काँधमा साह्रै सुहाएकाे थियो। गाउँका सबै मुखामुख गर्न थाले। सुरुमै सबै गाउँलेलाई बस्न र शान्त हुन आग्रह गरे। अगाडि मणिकान्त बसेका थिए। सँगै भक्त र अल्लारे पनि बसेका थिए।
माधवले भने, ‘याे गाउँ पापीहरुकाे रहेछ। अपराधी दुष्टकाे रहेछ। यहाँ मान्छेले मान्छेलाई खाने रहेछन्।’ एकछिन सभामा खैलाबैला भयो। अल्लारे जुरुक्क उठ्यो र भन्याे, ‘तपाईं पदमा छु भन्दैमा हाम्रो गाउँको चरित्र हत्या गर्न मिल्दैन सर। हामीले के गर्याैं? कसले अपराध गर्याे र?’
‘मलाई थाहा छ सर, मसँग रेकर्ड छ, माेबाइल छ। कसले कसलाई किन मार्याे, मार्न लगायाे। सब थाहा छ। सबै उजुरीको अध्ययन गरेको छु। विस्तारै एकएककाे हिसाबकिताब जरुर हुन्छ’, माधवले भने।
माधवका कुराले अल्लारे एक्कासी आत्तियाे। लगत्तै बाहिर गयो, फाेन निकाल्याे। पुन: भित्र सभामा आयो। माधव गाउँलेलाई सुनाउँदै थिए, सम्झाउँदै थिए। विनिर्माणवाद, उक्काउनेवाद, बाहुनवादलगायतका प्रगतिशील र परिवर्तनकारी विचार। छिनमै एक हुल मान्छे चिच्याउँदै ‘बाहुनवाद जिन्दावाद’ काे नारा लगाउँदै बैठकमा छिरे।
अल्लारे पनि ‘जिन्दावाद जिन्दावाद’ भन्दै मञ्चमा उक्लियाे। हुलले माधवलाई घेर्याे। अल्लारेले माधवकाे हातको माइक खाेस्याे र भन्याे, ‘यहाँ कुल गाेत्रभन्दा माथि काेही गए भने फतावा जारी गर्छाैं। तेरा नाथे भाषणले केही उखाड्नेवाला छैन डिएसपी। याे नविननगर हाे, यहाँ जात जिन्दावाद हुन्छ।’ जात व्यवस्था जिन्दावाद, बाहुनवाद जिन्दावादकाे नारा अल्लारेले लाग्यो। हुलले पछ्यायाे।
मणिकान्त र भक्त अकमक्क परे। डिएसपी माधवले तीन पटक हवाई फायर गरे। सहभागीलाई बस्न भने। छिनमै दुई बटालिएन प्रहरीले भवन घेरा हाल्याे। ४०/५० जना प्रहरी हलमा पसे। अल्लारेकाे ग्याङलाई हत्कडी लगाए, घुँडा टेकेर बस्न लगाए। सबैलाई शान्त हुन पुनः माधवले आग्रह गरे। याे त हुनु नै थियो। भाइरस ढिलाेचाडाे कानुनको पञ्जामा आउने नै थिए। ‘ल सुन्नु तपाईंहरूकाे गाउँले अल्लारेलगायतका जातवादी समाजभाडुवा भाइरसले के-के गरेका रहेछन्। कतिलाई मारेका रहेछन्’, माेबाइल अन गर्दै माधवले भने। एकपछि अर्को रेकर्ड गाउँकालाई सुनाए। सभाका सबैले मुखामुख गरे।
तल्लाघरे शंकर काकाले भने,‘याे सब झुट हाे। समाज भाँड्न, हाम्रा सांस्कृतिक प्रेमी भाइ/छाेराहरुलाई नियाेजित तरिकाले प्रहरीले फसाउन तयार पारेको फर्जी रेकर्ड हाे। गाउँले हाे, उहाँको विश्वास कसैले नगर्नु। उहाँका कुरा हाम्रो जात, धर्म विरोधी कुरा हुन्।’ बिचमै मणिकान्त जुरुक्क उठे र काकाकाे गालामा चड्कन हाने। एक लात्ती छातीमा हाने। अनि भने, ‘धेरै नबाेल पापी। ठाउँमा बस्। मानवताविरोधी तिमीहरू हाै। सम्बन्ध विरोधी हाै तिमीहरू। भाइमारुवा हत्यारा, पाखण्डी तिमीहरू हाै। जसले चेतनाको दियो बाल्छ, ऊ कसरी विरोधी हुन्छ। जसले मान्छे बन्न सिक भन्छ ऊ कसरी विरोधी?’ लगत्तै माधवले काकाकाे अगाडि पुरै कागजात देखाए। काका अक्कनबक्क भए। माधवले जवानलाई भने, ‘उहाँ पनि मतियार हाे, हत्कडी लगाउ।’
माधव र मणिकान्त सँगै मञ्चमा उभिए। अनि भने, ‘गाउँले हाे आजदेखि नविननगरमा जात मर्याे। जात जल्याे। अब उपरान्त जात हाेइन साथ चल्छ। साथ व्यवस्था लागुहुन्छ। साथकाे सत्ता हामी मानवलाई चाहिएको छ। साथले हामीलाई जाेड्छ जबकि, कथित जातले मारेको छ, फुटाएकाे छ।’ ‘जात व्यवस्था मुर्दावाद...मुर्दावाद...साथ व्यवस्था जिन्दावाद...जिन्दावाद...’ मणिकान्तले नारा लगाए। सारा गाउँले खुसी थिए।
माधवले सबैलाई मानवता सम्बन्धकाे महत्त्व बुझाए। मणिकान्तले आँसु पुछ्दै भने, ‘अब गाउँमा कसैको हत्या जातबाट नहुने हाे भयो। मेरो छाेराकाे जस्तो हत्या कसैको नहुने भयो। सबै समान हुने भए। सम्बन्ध जाेड्ने पाउने भए।’ माधव पनि खुसी थिए। भक्तले सबैको गालामा अभिर लगाइदिए।सभा छिनमै उत्सव भयो। मणिकान्तले सबैकाे सामु प्रहरी शैलीमा डिएसपी माधवलाई जय नेपाल सर! भन्दै सलाम गरे। सारा गाउँले मणिकान्तलाई पछ्याए। हलमा ठूलो आवज जय नेपाल सर! गुन्जियाे।
तल नवीननगर, बिचमा पाटन, माथि दिन हिमाल, हिमालको काखमा हरियो पाटन, बिचमा विश्व माईकाे विशाल मन्दिर थियो। डाँडाकाँडा हिउँले ढपक्क ढाकेका हन्थ्याे। हरिया डाँडामाथि सेताे टल्कने हिउँ, कुनै अप्सराले घुम्टाेमा सेताे दुपट्टा ओढेकाे जस्तो देखिन्थ्यो। टाढाबाट हेर्दा निकै सुन्दर लाग्ने, हेरिरहुँ लाग्ने, परीकाे शिरकाे ताज जस्तै।
मन्दिरमाथिकाे गजुर, सँगैकाे राताे झण्डा सधैं फर्फराइ रहेको हुन्थ्यो, चम्किरहन्थ्याे। विश्व माईप्रति मानिसको अथाह विश्वास थियो। हिउँदकाे कठ्याङ्ग्रिदाे जाडोमा पनि मानिस खाली खुट्टा मन्दिर पुगेका हुन्थे। काेहीकाेही उल्टो हिँडेर माताकाे मन्दिरसम्म पुगेका हुन्थे। काेही लम्पसार सुतेरै मन्दिरको द्वारासम्म पुगेका देखिन्थे।
०००
प्रत्येक वर्षको पहिलो शनिबार विश्वदेवी माईकाे मन्दिरमा ठूलो मेला लागेको हुन्थ्यो। सात्र गाउँका मान्छे मेला भर्न वर्षको पहिलो आइतबार बिहानै माईकाे मन्दिरमा पुगेका हुन्थे। निधारमा जय माता लेखेको झिलिमिलि पट्टी बाँधेका हुन्थे। हातहातमा भाकल अनुसारका पशु लग्थे। जति ठूलो भाकल, त्यति ठूलो बलि हातहातमा देखिन्थ्याे। भाकल पूरा हुन्छ/हुँदैन त्यो तिनैले जानुन्। तर पशुको आकार हेरेर जति ठूलो बर माग्याे, त्यही अनुसारका बलि (परेवा, भाले, बाेका र रांगा) काे लस्कर मान्छेसँगै देखिन्थ्यो। मन्दिरकाे दुबै किनारबाट रगतको खाेलाे बगेको हुन्थ्यो। प्रायः दर्शनार्थी माईलाई रिझाउन बलि चढाउँथे। रगत अर्पण गर्थे। माईकाे प्रिय भाेजन, रगत थियो।
अक्सर मेलाको दिन धामीले ‘बाेल कनकासुन्दरी कि जय ! बाेल मष्ठा कि जय ! बाेल विश्व माईकी जय’ सबैलाई भन्न लगाउँथे। थानभित्रबाट खाम भाषामा ‘मुल धामी, मुरली स्वामी थाथा...थाथा ..थाथा’ भनी चिच्याउँथे। ‘बाेल ..बाेल .. जयजय ... कार...’ गर भन्दै, दर्शनार्थीलाई, ‘जा ऐ तेरो एका एकाइस हाेस् ! दे मकन क्या दिनैं त!’ भन्दै दर्शनार्थीका हातबाट बाेका तान्दै दाँतले छिन्ट्याउँथे। मानिसहरु प्रभु भन्दै आँसु बगाउँथे, पुजारी भक्तजनलाई रगतको टीका लगाइदिन्थे। रगत पिउन भन्थे। दर्शनार्थी प्रभु भन्दै मज्जाले पिउँथे।
तर, ती तमाम तमाशा मनै नपराउने नविननगरका एकमात्र व्यक्ति मणिकान्त खनाल थिए। उनी मज्जाले विरोध गर्थे। प्रश्न गर्थे, धामीलाई बारम्बार चुनाैती दिन्थे। ‘शक्ति र भक्ति भए एक किलो चामल, दाल गरीबका लागि निकाल, जातवादी जिवाणुकाे अन्त्य गर, हाेइन भने याे कालाे जादु बन्द गर’ भन्थे। गाउँका अधिकांश उनका विरोधी थिए। ‘याे अधर्मी किन बाैलाउँछ’ पनि भन्थे।
०००
मन्दिरको काखैमा मणिकान्तकाे गाउँ नविननगर थियो। गाउँ निकै सुन्दर, बस्ती मिलेको, शिरमा दिन हिमाल, बिचमा विशाल पाटन, तल कलकल बग्ने कर्नाली। देख्दा आँखालाई अति आराम मिल्थ्याे। तर याे लाेभदाग्दाे प्राकृतिक देनलाई, आँखा मस्तिष्कलाई राहत दिने प्रकृतिकाे अनुपम उपहारलाई ,ओझेलमा पार्न, हराउन, मान्छेलाई मार्न पल्केकाे जातवादी भाइरसले नविननगरलाई सताएको जुगाैं भएको थियो। रुवाएकाे थियो, पीडा एकपछि अर्को गर्दै थपेको थियो। समयक्रमसँगै नयाँ-नयाँ अवतार र तरिका पनि देखाउँथ्याे, सिकाउँथ्याे मानवता विरोधी भाइरसले।
विभेदकारी भाइरसले नविननगर तहसनहस भएको थियो। सामाजिक भाइचारा, एकता चिराचिरामा विभाजित थियो। विशेषगरी कलिला मुनाहरु, फक्रेका फूलहरु, कलमी बन्न खाेज्ने मनहरुलाई निशाना बनाउँथ्याे। सके पन्छाउँथ्याे, नसके सिध्याउँथ्याे। यिनै यावत कारणले मणिकान्त जस्ता केही नविननगरेले माईलाई बहिष्कार गरेका थिए। देवी भए याे विभेदकारी भाइरसलाई किन नमारेको? एकल जातवादी सिन्डिकेट मन्दिरमा किन लागू गरेको? भनी प्रश्न गर्थे। भलै मणिकान्त खनाल थिए, तर उनको अभिव्यक्ति निकै खराे र परिवर्तनकारी थियो।
नविननगर जातवादी भाइरसले थला परेको वर्षाैं भएको थियो। देवी हेरेकाे हेरै थिइन्। यस भाइरसका लक्षण पनि अचम्मका छन्। थर साेध्ने, कुल गाेत्र हेर्ने, चल्ने/नचल्ने हेर्ने, मिले जाेड्ने, नमिले जसरी हुन्छ विनाश गर्ने। वर्षेनी जातवादीले धेरै मान्छे खाएको थियो। कति भगाएकाे थियो। झुण्ड्याइएकाे थियो। खाल्टामा पुरेको थियो। कतिलाई सामूहिक मृत्यु शैयामा पुर्याउने काम गरेको थियो। बाँध्ने, खेद्ने, कुटपिट त सामान्य थियो।भाइरसले सिकार गरेपछि कति भेरीमा बगे, रुखमा झुन्डिए त कति माटोमा मिले। अड्डा, अदालत, चाैकी, समाज, भद्रभलाद्मी सबै रमिते थिए।सामाजिक सद्भावकाे डर छ भन्थे।
अस्ति भर्खरै मणिकान्त खनालको कान्छो छाेराे, समुन्द्र दमाईकी छाेरी, रीता मिजारकी बहिनी, पवन नेपालीकी भतिजी, एकैदिन मार्याे जातवादी भाइरसले। रीता मिजारकी बहिनी रुखमा झण्डिएकाे अवस्था भेटिइन्, खनालको छाेराकाे लास बाटामा क्षत विक्षत अवस्था थियो। नेपालीकी भतिजी खाल्टाेमा पुरिएकी थिइन्। पहिला पनि धेरैलाई कहिल्यै नफर्किने गरी लगेकै हाे। धेरैलाई रुवाएकै हाे। छाेराकाे हत्या भएदेखि मणिकान्त एकदम विक्षिप्त, अशान्त थिए। गाउँलेलाई गाली गर्थे। ‘मेरो छाेराे मार्याै हत्यारा’ भन्थे। रीताकाे अवस्था झन् नाजुक थियो। तरुनी बहिनी पापीले लग्याे। गाउँतिर हेर्दै ‘मार ऐ! पापी...एकएकलाई मार’ भन्थिन्।
०००
नविननगरकाे माथिल्लो भेग शाेकमा थियो। छाेराकाे मृत्युपछि मणिकान्त अक्सर चाैतारामा भेटिन्थे। सायद छाेराकाे पीडा कम हुन्छ कि भनेर चाैतारामा गइरहन्थे। वरिपरि गाउँका बुढापाका गफिएका हुन्थे। मणिकान्त भने चाैताराकाे ढिलमा बसेर गाउँ हेरिरहन्थे, सबैका कुरा सुन्थे।
त्यसदिन कहिल्यै चाैतारामा नदेखिने अल्लारे माइला पनि चाैताराेमा आयो, साथमा रेडियो थियो। सबैलाई नमस्कार-नमस्कार भन्यो। अचानक, अल्लारे माइलाको छेउमा राखेको रेडियोले समाचार फुक्याे ‘नविननगरमा डिएसपी माधव विश्वकर्माकाे सरुवा!’ जातवादी भाइरसबाट व्याप्त जनताले राहत महसुस गर्ने अनुमान। समाचार टुंगिन नपाउँदै अल्लारे माइलाले तुरुन्तै रेडियो बन्द गर्याे। ‘अब बर्बाद भयो, यसले एकएकलाई सिध्याउँछ’, छेउमा बसेका शंकर काकालाई सुनायाे। ‘काका केही गर्नुपर्याे, यसलाई जसरी पनि राेक्नुपर्छ नत्र यसले हाम्रो कुल गाेत्र सबै सखाप पार्छ। याे त दानव हाे’, अल्लारेले भन्यो। एकाएक अल्लारे माइला हतास देखियाे। ‘काका अब हामी सक्कियाैं’ भनी चाैताराबाट झर्याे। मणिकान्त भने खुसी थिए। ‘हाहाहा, अब ठिक हुन्छ। माधव विश्वकर्मा....!’ उनी पनि गाउँतिर झरे।
‘मान्ठाैं हाम्मा दिन आए। जातवादी कुसंस्कारीका दिन गया। ऐ डम्बर नेपाली सुनिस् क्याँ!’ ‘सुने जेठाैं’, भित्र गाेठबाट डम्बरले उत्तर दिए। ‘मेरो छाेराे मार्ने यी अपराधी हुन्। अब एकएककाे हिसाबकिताब हुन्छ। याे बस्ती पापीहरुकाे हाे। दमाईकी छाेरी ल्यायो भनी सबै गाउँले पापीले छाेरा कन मानसिक यातना दिए। ठाउँठाउँमा छाेराकाे कुरा काटे। अन्ततः मेरो छाेराे हार्याे, यी पापीले जिते। अब यी पापीलाई ठिक पार्न मान्छे आएको छ, डिएसपी माधव विश्वकर्मा’ भन्दै मणिकान्त खनाल गाउँलेलाई सुनाउँदै आफ्नो घरतिर लम्केका थिए।
‘बड्डाैं, काे आए गरे’, भक्त कडाराले झ्यालबाट मुन्टाे निकालेर साेध्याे। ‘कान्ठा, डिएसपी माधव विश्वकर्मा, जातवादी मतियारका ओक्ताे! सप्पा भयो त बड्डाै। हुन त यी कुमाण्ठ मान्ने हुन् कि नाई तर हाम्मा ठाउँले असल मान्छे पायो’, उनले थपे। ‘कान्ठा यिनले न गरे कसले गर्ने। यिनले त गर्छन् गर्छन्। यी अपराधीलाई ठुलै पाठ सिकाउँछन्। बड्डाै क्याँ उभा जाँदा, उदा, जाउँ चाैकीतिर ,कहिले आउने हुन्, बुझाैं। हाे हाे .ठिक भनी कान्ठा, ल जाउँ’, मणिकान्तल भने। भक्त र मणिकान्त सरासर चाैकीतिर गए।
०००
धेरै दिनपछि मणिकान्तकाे मुहारमा हाँसो देखिएको थियो। बाटोमा भक्त कडारालाई भन्दै थिए, ‘कान्ठा, हामी सबै मान्ठ एक हाैं, यी पापी मनुकाे सिनाे खान पल्केका दास, जातवादी भाइरसले समाजमा मानवताविरोधी काम गरे।’ ‘सँधियार, जिउँदाकाे जन्ती, मर्दाकाे मलामीलाई जातकाे आधारमा भित्र बाहिरकाे कुरा गर्छन्। यिनका कति छाेराले विदेशी बुहारी ल्याएका छन्। त्यहाँ यी पापी चुपचाप बस्छन्। डलरका कुरा गर्छन्। जब एउटै धर्मभित्रका दाजुभाइका छाेराछाेरीबिच प्रेम बस्छ, तब जात कुल गाेत्र खाेज्छन्। सके छुटाउँछन्, नसके सिध्याउँछन्। मूर्खहरु वैज्ञानिक युगमा कुल गाेत्रकाे कात्रो ओडेर बसेका छन्। एउटा भाेजमा भान्सा अलग गर्छन्। कान्ठा यी पापीकाे आजीवन भलाे नहाेस्। कठै बड्डाै, भलाे यी पापीकै छ त। ठाउँमा यी छन्। तपाईं यति राम्रा कुरा गर्दा, तुमिकन यिनले गन्दैन, भक्त भन्यो। अब हामी गन्छाैं कान्ठा एकएक, कानुन गाउँमा आएको छ’, मणिकान्तले भने।
‘कान्ठा पर बसेका नयाँ सर माधव सर हुन् नि?’, मणिकान्तले भक्तलाई साेधे। ‘हुन्, हुन् बड्डाैं।’
चाैकी बाहिरकाे सुरक्षाकर्मीले साेध्याे, ‘किन केको लागि आउनुभयो ?’ मणिकान्तले ‘हामी माधव सरलाई भेट्न आएका हाैं’ भने। ‘ल यहाँ नाम लेखेरभित्र जानुस्’, जवानले भन्यो। उनीहरू भित्र गए। डिएसपी माधव टेबुल टेनिस खेलिरहेका थिए। जवानले भन्यो, ‘सर! हजुरलाई भेट्न उहाँहरु आउनुभएको छ।’
‘भित्र मेरो रुममा लग्नु, म आइहालेँ’, माधवले जवाफ दिए। जवानले भक्त र मणिकान्तलाई माधव सरकाे कार्यकक्षमा लगे। उनीहरू बस्न नपाउँदै माधव आए। ‘बसाैं, हजुर के कतिले पाल्नुभयाे’ माधवले भने। एक्कासी मणिकान्त राेए। ‘किन रुनुभयो, ल याे पानी पिउनुस्, बसेर मज्जाले गफ गराैंन’, माधवले भने।
‘हजुर, याे हाम्रो स्वर्गजस्ताे नविनगर, यहाँका पापी जातवादी भाइरसले बर्बाद बनाए। धर्मको आडमा कथित सामाजिक नीतिनियमकाे खाेल ओढेर भाइभाइबीच विभेदको ठूलो खाडल काेर्दै छन्। हाम्रा स-साना कलिला छाेराछाेरीहरु यी पापीले जातको नाममा मार्दै छन्। डर, धम्की, गालीगलाेज, ज्यादती त कति हाे कति। याे ठाउँलाई मानवता चाहिएकाे छ सर! यी मान्छे नचिन्ने नरपिचास पापीलाई ठूलो सबक चाहिएकाे छ’, मणिकान्तले सुनाए। मणिकान्तले छेउको आधा गिलास पानी पिए, लामाे सास फेरे।
भक्तले पनि थपे, ‘सर! हाम्रो एउटै समाज हाे। सदियाैंदेखि एकै धर्म, भाषा संस्कृतिमा रहँदै आएका हाैं। सबै मिल्छ तर यी पापीले कहिल्यै बुझेनन्। माया प्रेम हुनु यहाँ अपराध कहलिएकाे छ सर। स-साना बालक यी भाइरसका घरमा अन्जानमै पसे दण्ड तिराइन्छ। यिनलाई आफ्नै जात चाहिएको छ सर। यिनमा मानवता मरेको छ। मान्छेको मनले सधैं जात कहाँ देख्छ र सर। मन त निस्वार्थ हुन्छ। माया निष्कलंक हुन्छ। भावना विशुद्ध आत्मासँग गाँसिएको हुन्छ। तर यी जातवादी भाइरसले कहिल्यै मनन गरेनन्। यिनको भाषा कस्तो निच छ। साेच झनै घिनलाग्दाे छ। आफूजस्तै अन्य मान्छेलाई स्विकार्न नसक्ने साेचप्रति धिक्कार छ। अब हजुरले बचाउनुपर्याे सर ! नत्र हाम्रा भावी सन्तति अकालमै मर्ने भए।’
‘ल ठिक छ हजुर, मेरो सुरुवा नविननगरमा हुनुको मुख्य कारण पनि यिनै भाइसरुलाई तह लगाउनु नै हाे। कसरी हुन्छ फुटेको समाजलाई मानवताको सिद्धान्तमार्फत जाेडाउनु नै हाे। याे कुनै व्यक्तिको व्यक्तिगत समस्या नभएर समग्र समाजको समस्या हाे। यसको हल हामी सबैको एकताबद्धले मात्र हुन्छ’, डिएसपी माधवले सान्त्वना दिँदै भने, ‘हुन्छ यहाँसम्म आउनुभयो, पीडा पाेख्नुभयो, धन्यवाद! अब निर्धक्कासाथ घर जानुस्। हामी मिलेर नै भाइसमाथि विजय हासिल गर्ने हाे।’
०००
भक्त र मणिकान्तका कुराले मानिसमा जातवादी भाइरसले कति पीडा र कुण्ठा दिएको भनी देखाउँथ्याे। मानिस चार हजार वर्षदेखि पीडामा छ।विभेदमा छ, समाज हिन्ताले भरिएको छ। धेरै ठाउँका अपराधीलाई माधवले तह लगाएका थिए। यी भाइरसलाई ठिक पार्नै पर्छन् कि हार्छन्? मणिकान्तहरुकाे ठूलो आशा माधवमै छ।
बिहानै सादा पाेसाकमा माधव नविननगर पुगे। मणिकान्त चिया पिउँदै थिए। माधवलाई देख्नेबित्तिकै भने, ‘चिया पिउँ हजुर।’ ‘नपिउँ हाेला’, माधवले जवाफ दिए। ‘ल तपाईं मसँग हिँड्नुपर्याे, गाउँ डुलाउनुस्’ माधवले आग्रह गर्दै भने। मणिकान्तले सहमति जनाए। हतारहतार चिया पिए। ‘जाउँ सर , हाम्रो गाउँ प्राकृतिक हिसाबले ठिक छ। तर यहाँका मान्छे जनावर जस्ता’, मणिकान्तले सुनाए।
दुबै जना गफिँदै थिए, माधवकाे आँखा सडक किनारकाे घरमा कलमा लुगा सिलाउँदै गरेका वृद्धतिर गयो। माधवले मणिकान्तलाई साेधे, ‘याे उमेरमा पनि उहाँ काम गर्दै हुनुहुन्छ, घरमा काे-काे छन् नि?’ मणिकान्तले भने, ‘बसेर कुरा गराैं सर, उहाँको कथा एकदम वियाेगात्मक छ।’ लक्का जवान दुई छाेरालाई वृद्ध काँधमा हालेर दाहसंस्कार आफैँले गरे। पाहाेर श्रीमतीकाे मृत्यु भयो। अहिले एक्लै छन्।
माधव र मणिकान्त ती वृद्वाकाे घरमा बसे। ‘के छ बुबा सन्चै हुनुहुन्छ’, माधवले साेधे। ‘एक हुनु बाबु दुधु छैन भाति छैन केको सुखिया ! अघि छैन पछि छैन केकाे मुखिया, यस्तै छ। काेही छैन बाबु मेरा’, वृद्धले जवाफ दिँदै भने, ‘बुढेसकालका लठ्ठी भएका दुई छाेरालाई यही गाउँकाले मारे। छाेरा-बुहारी एकले अर्कोलाई असाध्यै माया गर्थे। ठूला जातकी मेरी बुहारीले मेरा छाेरालाई विवाह गरिनस् भने म मर्छु भनेकी रहिछन्। आज उसका दुई छाेरा छन्। मेरा छाेरा मारिए। सुन्छु, ती हत्यारा यतै हाम्रै वरिपरि छन् रे। के गर्नु छाेराका अपराध भनेको ठूलाकी छाेरीलाई विहेकाे निम्ति भगाउनु थियो। विडम्बना याे समाजले हाम्रो सम्बन्ध स्वीकारेन बाबु!’
माधव एकछिन माैन भए, आकाशतिर हेर। वरिपरि घर एक फन्काे लगाए। ‘हुन्छ, बुबा हामी जान्छौं’ भन्दै बिदा मागे।
‘यस्तै छ सर, नविननगरकाे हालत। अब तपाईंको हातमा छ सबै’, मणिकान्तले भने। दुबै जना हिँड्दै थिए, अल्लारे माइलाे भेटियो। दाइ नमस्कार! माइलाेले मणिकान्तलाई भन्यो। मणिकान्तले भने, ‘उहाँ सर हुनुहुन्छ, उहाँलाई पनि नमस्कार गर भाइ।’ अल्लारेले नकार्याे, मुन्टाे बटारेर सरासर गयो। माधवले एकछिन हेर, अल्लारे हतारहतार हिँड्याे। माधवले केही साेधेनन्!
०००
गाउँ डुल्दै बेलुकी पख माधव चाैकीतिर गए, मणिकान्त घरतिर। मेसकाे खानापछि माधव काेठामा गए, तर उनलाई निन्द्रा भने लागेन। वृद्वकाे मुहार, कलको आवाज, एक्लो ज्यान, झुपडीकाे बास र आफ्नै छाेराकाे दागबत्ती दिने पिता आँखा मस्तिष्कमा आइरहे।
अरु धेरै कथा नविननगरका छन्। सबैका कथा, पीडाले भरिएका छन्। तर ती वृद्धकाे कथाले माधवलाई बेस्सरी पाेलेकाे थियाे। उनी सुत्न सकेनन्, मध्यरातमा फेरि गाउँ डुल्न हिँडे। गाउँ पुरै सुनसान थियो। एउटा घरमा भने चहलपहल थियो। माधव लुकेर त्यस घरको गतिविधि हेर्न थाले। घरको पछाडि कुरा सुन्दै थए। अचानक ‘सबैले बुझेको हाेनी, आ-आफ्नो काम। बुझ्याैं’ चार/पाँच जनाले एकपटक भने। सबै बाहिर निस्के। माधव कुनामा लुके। त्यसलाई सबक सिकाउनुपर्छ भन्दै उनीहरू आ-आफ्नो बाटो लागे। एकछिन पछि माधव पनि निस्के। ढाेका छेउमा उनले माेबाइल फाेन भेटे। फाेन हेरे , नयाँ थियो। गाेजीमा राखेर उनी पनि चाैकीतिर गए।
माधवले बिहानै दश जवानलाई गाउँका सबैलाई सामुदायिक भवनमा भेला गर्न लगाए। प्रहरी जवान घरघरमा गए र सूचना दिए सबैलाई। ११ बजे डिएसपी माधव प्रहरी पाेशाकमा सामुदायिक भवनमा पुगे। खुकुरी र तारा काँधमा साह्रै सुहाएकाे थियो। गाउँका सबै मुखामुख गर्न थाले। सुरुमै सबै गाउँलेलाई बस्न र शान्त हुन आग्रह गरे। अगाडि मणिकान्त बसेका थिए। सँगै भक्त र अल्लारे पनि बसेका थिए।
माधवले भने, ‘याे गाउँ पापीहरुकाे रहेछ। अपराधी दुष्टकाे रहेछ। यहाँ मान्छेले मान्छेलाई खाने रहेछन्।’ एकछिन सभामा खैलाबैला भयो। अल्लारे जुरुक्क उठ्यो र भन्याे, ‘तपाईं पदमा छु भन्दैमा हाम्रो गाउँको चरित्र हत्या गर्न मिल्दैन सर। हामीले के गर्याैं? कसले अपराध गर्याे र ?’
‘मलाई थाहा छ सर, मसँग रेकर्ड छ, माेबाइल छ। कसले कसलाई किन मार्याे, मार्न लगायाे। सब थाहा छ। सबै उजुरीको अध्ययन गरेको छु। विस्तारै एकएककाे हिसाबकिताब जरुर हुन्छ’, माधवले भने।
माधवका कुराले अल्लारे एक्कासी आत्तियाे। लगत्तै बाहिर गयो, फाेन निकाल्याे। पुन: भित्र सभामा आयो। माधव गाउँलेलाई सुनाउँदै थिए, सम्झाउँदै थिए। विनिर्माणवाद, उक्काउनेवाद, बाहुनवादलगायतका प्रगतिशील र परिवर्तनकारी विचार। छिनमै एक हुल मान्छे चिच्याउँदै ‘बाहुनवाद जिन्दावाद’ काे नारा लगाउँदै बैठकमा छिरे।
अल्लारे पनि ‘जिन्दावाद जिन्दावाद’ भन्दै मञ्चमा उक्लियाे। हुलले माधवलाई घेर्याे। अल्लारेले माधवकाे हातको माइक खाेस्याे र भन्याे, ‘यहाँ कुल गाेत्रभन्दा माथि काेही गए भने फतावा जारी गर्छाैं। तेरा नाथे भाषणले केही उखाड्नेवाला छैन डिएसपी। याे नविननगर हाे, यहाँ जात जिन्दावाद हुन्छ।’ जात व्यवस्था जिन्दावाद, बाहुनवाद जिन्दावादकाे नारा अल्लारेले लाग्यो। हुलले पछ्यायाे।
मणिकान्त र भक्त अकमक्क परे। डिएसपी माधवले तीन पटक हवाई फायर गरे। सहभागीलाई बस्न भने। छिनमै दुई बटालिएन प्रहरीले भवन घेरा हाल्याे। ४०/५० जना प्रहरी हलमा पसे। अल्लारेकाे ग्याङलाई हत्कडी लगाए, घुँडा टेकेर बस्न लगाए। सबैलाई शान्त हुन पुनः माधवले आग्रह गरे। याे त हुनु नै थियो। भाइरस ढिलाेचाडाे कानुनको पञ्जामा आउने नै थिए। ‘ल सुन्नु तपाईंहरूकाे गाउँले अल्लारेलगायतका जातवादी समाजभाडुवा भाइरसले के-के गरेका रहेछन्। कतिलाई मारेका रहेछन्’, माेबाइल अन गर्दै माधवले भने। एकपछि अर्को रेकर्ड गाउँकालाई सुनाए। सभाका सबैले मुखामुख गरे।
तल्लाघरे शंकर काकाले भने, ‘याे सब झुट हाे। समाज भाँड्न, हाम्रा सांस्कृतिक प्रेमी भाइ/छाेराहरुलाई नियाेजित तरिकाले प्रहरीले फसाउन तयार पारेको फर्जी रेकर्ड हाे। गाउँले हाे, उहाँको विश्वास कसैले नगर्नु। उहाँका कुरा हाम्रो जात, धर्म विरोधी कुरा हुन्।’ बिचमै मणिकान्त जुरुक्क उठे र काकाकाे गालामा चड्कन हाने। एक लात्ती छातीमा हाने। अनि भने, ‘धेरै नबाेल पापी। ठाउँमा बस्। मानवताविरोधी तिमीहरू हाै। सम्बन्ध विरोधी हाै तिमीहरू। भाइमारुवा हत्यारा, पाखण्डी तिमीहरू हाै। जसले चेतनाको दियो बाल्छ, ऊ कसरी विरोधी हुन्छ। जसले मान्छे बन्न सिक भन्छ ऊ कसरी विरोधी?’ लगत्तै माधवले काकाकाे अगाडि पुरै कागजात देखाए। काका अक्कनबक्क भए। माधवले जवानलाई भने, ‘उहाँ पनि मतियार हाे, हत्कडी लगाउ।’