‘प्रचण्ड’सँग मनमुटावपछि बादलका कार्यकर्ताले निर्माणाधीन क्रिकेट रंगशालाको पर्खाल भत्काए

तस्बिरः देशसञ्चार

काठमाडौँ– सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखा परेको नयाँ समीकरणले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला चितवनमा विकास कार्यलाई समेत प्रभावित गर्न थालेको छ।

दाहालकी छोरी रेणु दाहाल मेयर रहेकाे भरतपुर महानगरपालिका अन्तर्गत रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफैँले ठेक्का पाउनु पर्ने अडानका साथ बादल निकट पार्टीका सक्रिय कार्यकर्ता रहेका प्रकाश कँडेलले उपद्रो मच्चाएपछि प्रचण्ड बादलबीचको मनमुटावले निम्ताएको संकट छताछुल्ल भएको हो।

विगत केही समयदेखि नेकपाको केन्द्रस्तरको राजनीतिमा बादलले प्रचण्डलाई छाेडी अर्का अध्यक्ष केपीशर्मा ओलीसँग मित्रता गाँसेपछि त्यसको असर दाहाल र बादलको गृहजिल्लामा देखिएको हो।

प्रस्तावित निर्माणस्थलमा लगाइएको पर्खाल कँडेलको समूहले डोजर लगाई भत्काएको र कुनैपनि हालतमा त्यसको निर्माणको ठेक्का आफैँले पाउनु पर्ने अडान सार्वजनिक रुपमै लिएपछि मेयर तथा दाहाल पुत्री रेणु दाहालको आदेशमा प्रहरीले कँडेललाई गिरफ्तार गरेकाे छ।

प्रकाशित मिति: : 2019-05-31 14:44:38

प्रतिकृया दिनुहोस्