बिहिबार, ०८ जनवरी २०२६

एमाले, काँग्रेस र जसपाभित्र किन बढ्यो कचिङ्गल ?

रातोपाटी

रातोपाटी

काठमाडाैं
News Image
• • •

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलभित्र आन्तरिक किचलो र ‘कचिङ्गल’ बढेको छ।

संसदको पहिलो ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो नेपाली काँग्रेस र चौथो ठूलो जनता समाजवादी पार्टीभित्र सत्ता राजनीतिको संघर्ष उत्कर्षमा पुगेपछि कचिङ्गल बढेको हो।

सत्ता, शक्ति र पदका लागि आफैंभित्र रुमल्लिएका दलहरु मुलुकको राष्ट्रिय समस्यालाई बेवास्ता गर्दै निहित स्वार्थ पूरा गर्ने ध्याउन्नमा केन्द्रित हुँदा जनतामा वितृष्णा पैदा हुन थालेको छ।

तीनवटै पार्टीमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर यस्तो कचिङ्गल पैदा भएको हो।

यही फरक दृष्टिकोणका कारण एमालेमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समुहले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन्।

एमालेमा एक समुहले अर्को समूहलाई कर्नरमा पार्नेमात्रै होइन, अस्तित्व नै नस्वीकार्ने अवस्था सिर्जना भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!