डेढ करोडको खर्चमा ८६ लाख भ्रष्टाचार

तस्बिरः नागरिक

लहान–प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ। प्रदेश सभाका सभामुखको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले गरेको छानबिनबाट भ्रष्टाचारको तथ्य बाहिर आएको हो।

प्रदेश २ को अस्थायी राजनधानी जनकपुर कायम भएपछि प्रदेशसभा भवन, मन्त्रालय, मुख्यमन्त्री कार्यालय निवासको मर्मत रङरोगनलगायतका व्यवस्थापकीय कामका लागि संघीय सरकारले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषामा उक्त रकम पठाएको थियो। डिभिजन कार्यालयले गराएको काममध्ये डेढ करोडको कामलाई अनुगमन गर्दा ८६ लाख भ्रष्टाचार भएको देखियो विशेष समितिका सदस्य शिवचन्द्र चौधरीले भने। ‘पेशाले इन्जिनियर हुँ’, उनले भने, ‘फर्निचरबाहेकको ६ करोडको काममध्ये हामीले डेढ करोडको कामको अनुगमन मूल्यांकन गर्दा ८६ लाख भ्रष्टाचार भएको ठहरसहित प्रतिवेदन संसद्मा बुझाएका छौं।’

प्रकाशित मिति: : 2019-05-24 14:21:01

प्रतिकृया दिनुहोस्