भारतीय राष्ट्रपतिका लागि पाकिस्तानले ‘एयर स्पेश’ नदिने

Agency

पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको विदेश यात्राका लागि ‘एयर स्पेश’ उपलब्ध गराउन अस्विकार गरेको छ।

पाकिस्तानका परराष्ट्र मन्त्री शाह महमुद कुरेशीले शनिबार काश्मिरको अवस्थालाई मध्यनजर राख्दै यो निर्णय लिइएको बताए।

प्रधानमन्त्री इमरान खानको नेतृत्वमा भएको बैठकपछि यो निर्णय लिएको बताइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भिभिआइपी विशेष विमानका लागि ‘क्लियरेन्स’ नदिने पाकिस्तानको निर्णय दुःखदायी भएको बताए।

याे पनि: एसिड पीडित मुस्कानको आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

राष्ट्रपति कोविन्द सोमबार आइसल्यान्ड, स्विट्जरल्यान्ड र स्लोभेनियाको ८ दिने भ्रमणमा निस्किदै छन्। कोविन्द व्यापारिक र आर्थिक क्षेत्रका व्यक्तिहरुको ठूलो प्रतिनिधि मण्डल बोकेर तीन देशको भ्रमणमा निस्किदै छन्।

भारतले जम्मु–काश्मिरबाट धारा ३ सय ७० हटाउने निर्णय गरेपछि पाकिस्तानले ८ अगस्टदेखि नै भारतको विमानलाई आफ्नो देशबाट उड्न प्रतिबन्ध लगाएको छ।

यसै कारण भारतीय विमानलाई अहिले युरोप, अमेरिका र मध्य पूर्वको देश जान अतिरिक्त समय लाग्ने गरेको छ।

 

प्रकाशित मिति: : 2019-09-08 08:56:44

प्रतिकृया दिनुहोस्