जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन्।

निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गरेका हुन्।

सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा गर्नसमेत निजामती क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनले बताए।
राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन निजामती कर्मचारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै शुभकामना सन्देशमा उनले ‘नेपाली जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सूचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ,’ भने।

 ‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

प्रकाशित मिति: : 2019-09-08 08:26:51

प्रतिकृया दिनुहोस्