तालिबानद्धारा ६ पत्रकार नियन्त्रणमा

Agency

अफगानिस्तानको पूर्वी पकतिया प्रदेशमा तालिबानले ६ पत्रकारलाई आफ्नो कैदमा राखेका छन्। नीजि तथा सरकारी मिडियामा काम गर्ने ती पत्रकारलाई शुक्रबार तालिबानले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।

उनीहरू वर्कसपमा भाग लिन त्यसतर्फ लागेका थिए। पकतिया प्रदेश गर्भनरका प्रवक्ता अब्दुल्ला हसरतले यस विषयमा तालिबानसँग कुरा भएको र नियन्त्रणमा राखिएको पत्रकारलाई छिट्टै मुक्त गरिने जनाएका छन्।

याे पनि: एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

यसैबीच तालिबान प्रवक्ता जबिहुल्ला मुजाहिदले पनि ६ पत्रकार आफ्नो नियन्त्रणमा रहेको पुष्टी गरे। उनीहरूलाई छिट्टै मुक्त गरिने उनले बताए।

सुरक्षाको दृष्टीकोणले अफगानिस्तान पत्रकारका लागि निकै खतरनाक मानिन्छ। अन्तर्राष्ट्रिय फेडरेशन अफ जर्नलिस्टका अनुसार युद्ध प्रभावित यस देशमा पछिल्लो वर्ष १६ पत्रकार मारिएका थिए।

याे पनि: डिभी लट्रीका लागि नयाँ नियम : सुरूमै चाहिने भयो पासपोर्ट

पछिल्लो मंगलबार काबुलमा तालिबानले गराएको बम बिस्फोटमा १६ जनाकै निधन भएको थियो। कार बम बिस्फोटमा एक सय जना घाइते भएका थिए। तालिबानले विदेशी संस्था र विदेशीको चहलपहल भएको ठाउँलाई पछिल्लो समय आफ्नो निशाना बनाउँदै आइरहेको छ।

 

 

प्रकाशित मिति: : 2019-09-08 07:27:14

प्रतिकृया दिनुहोस्