प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड बालुवाटारमा

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेकपाका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्कएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए ।

 सो अवसरमा उहाँहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए ।

 यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानु भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।  -रासस

प्रकाशित मिति: : 2019-09-06 20:18:34

प्रतिकृया दिनुहोस्