प्रतिक्रियावादी र कम्युनिस्ट विरोधीले तीललाई पहाड बनाए– प्रचण्ड (भिडियाे सहित )

तस्बिरः बिएल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र कम्युनिस्ट विरोधीले तीललाई पहाड बनाउन थालेको बताएका छन्।

बिहिबार ललितपुरमा पार्टीको विदेश मामिला विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै उहाले प्रतिक्रियावादीले संविधान, संघीयतामाथि नै प्रश्न उठाउन थालको भन्दै असन्तुष्टि पोखे। प्रतिक्रियावादी विषयवस्तुलाई अतिरञ्जित बनाउन लागि परेको भन्दै उनले जनभावनाअनुरूप काम गर्न नसके, डेलिभरी दिन नसके यही बहुमत नै चुनौतीपूर्ण हुने बताए। उनले पार्टी एकता अन्तिम चरणमा पुगेकाले अब बस्ने सचिवालय बैठकले समापन गरेर अभियान, प्रशिक्षणतर्फ अघि बढ्ने बताए।

त्यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीबाहेक अरूले मुलुको विकास गर्नै नसक्ने ठोकुवा गरे। विश्व परिस्थिति कम्युनिस्ट पार्टीअनुकूल नरहेको बताउँदै नेपालले प्रतिकूलतमा पनि सफलता प्राप्त गरेको स्मरण गरे।

कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेता नेपाललाई विभागीय प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका थिए। साविक माओवादी केन्द्रमा श्रेष्ठ पार्टी विभाग प्रमुख थिए भने पूर्वएमालेमा नेता नेपालले नै विदेश विभाग प्रमुख थिए।

प्रकाशित मिति: : 2019-09-05 19:23:58

प्रतिकृया दिनुहोस्