राप्रपा (संयुक्त)ले आगामी उपनिर्वाचनका विषयमा नीतिगत निर्णय गर्ने (भिडियाे सहित )

तस्बिरः बिएल

राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बिहिबारबाट काठमाडौंमा सुरु भएको छ।

अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने उक्त बैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्ने बताइएको छ। बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिने तथा आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गर्ने अध्यक्ष पशुपति शम्शेर जबराले जानकारी दिए।

पार्टीको बैचारिक आधार, मुुलुकको बर्तमान अवस्थाका साथै पार्टीको बाकी कार्यक्रम बैठकले तय गर्ने जवराले जानकारी दिए। उनले अहिले मुलुक सञ्चालनको प्रक्रिया सन्तोषजनक नरहेको बताए। सनातन हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको तथा संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्रका बारेमा पार्टी प्रतिवद्ध रहेको उनले बताए।

उनले राष्ट्रपतिको भूमिका पनि सन्तोषजनक नरहेको धारणा राखे।
राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात् सम्पन्न राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको हो।

प्रकाशित मिति: : 2019-09-05 16:25:16

प्रतिकृया दिनुहोस्