पाकिस्तानका परराष्ट्रविद्ले ‘पोर्न स्टार’ लाई काश्मिरी भनेपछि!

Agency

पाकिस्तानका परराष्ट्रविद् अब्दुल बासितले सोमबार आफ्नो ट्वीटर अकाउन्टमा विदेशी ‘पोर्न स्टार’ को फोटो शेयर गर्दै उसलाई काश्मिरी भनेपछि यसले विवादको रुप लिएको छ।

पाकिस्तानी पत्रकार नैला इनायतले बासितको ट्वीटको ‘स्क्रिनसट’ शेयर गरेकी थिइन। यसपछि बासित ‘ट्रोल’ भएका थिए।

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

उनको विषयमा पाठकहरूले विभिन्न ‘कमेन्ट्स’ गरेका छन्। बासितले ‘पोर्न स्टार’ जोनी सिन्सको तस्वीर शेयर गरेका थिए। उनले लेखेका थिए, ‘यिनी अनन्तनागको युसुफ हुन्, जसले ‘पेलेट गन’ का कारण आँखाको ज्योती गुमाएका छन्। कृपया यसविरूद्ध आवाज उठाउनु होस्।’

झुटो तस्वीर पोस्ट गरेपछि गाली खाएका बासितले ‘ट्रोल’ हुने वित्तिकै तुरुन्त ‘डिलिट’ गरेका थिए।

पत्रकार नैलाले बासितको बारेमा लेखेकी छिन्, ‘अब्दुल बासितले जोनी सिन्सलाई काश्मिरी भन्ने भूल गरे।’

बासित केही समयअगाडि भारतस्थित पाकिस्तानी दुतावासको राजदुत थिए। भारतले गत महिना जम्मु र काश्मिरबाट संविधानको धारा ३ सय ७० हटाएपछि पाकिस्तानसँगको सम्बन्ध झनैं खराब भएको छ। अहिले दुबै देशका नेताहरू एकअर्काको दोषारोपणमा उत्रिएका छन् भने सैनिक गतिविधिलाई तीब्र बनाएका छन्।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

प्रकाशित मिति: : 2019-09-03 15:25:38

प्रतिकृया दिनुहोस्