तालिबान र अमेरिकाको वार्ता भइरहँदा काबुलमा फेरि बम बिस्फोट, १६ को हत्या

Agency

तालिबानसँग शान्ति सम्झौंता अगाडि बढिरहेको बेला अमेरिकालाई ठूलो धक्का लागेको छ। सोमबार राती राजधानी काबुलमा कार बम बिस्फोट हुँदा १६ जनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएको बताइएको छ। 

बिस्फोटको घटना ग्रीन भिलेजको आवासीय क्षेत्रमा भएको थियो, जहाँ अन्तर्राष्ट्रिय सहयोग संस्था र संघ–सगठनको कार्यालय छ।
घटनाको जिम्मा तालिबानले लिएको छ।

बिस्फोटको घटना त्यति बेला भएको थियो, जति बेला स्थानीय एक न्युज एजेन्सी ‘टोलो न्युज’ मा अमेरिकी मध्यस्थकर्ता जाल्माय खालीलजादको अन्तर्वार्ता प्रसारण भइरहेको थियो।

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

खलीलजादले अन्तर्वार्तामा तालिबानसँगको सम्झौंता सकारात्मक भएको र सहमति हुनासाथ अफगानिस्तानको पाँचवटा सैन्य क्षेत्रबाट १ सय ३५ दिनमा अमेरिकाले आफ्नो सेना फर्काउने बताइरहेका थिए।

काबुलको ग्रीन भिलेज जहिले पनि आतंकवादीहरुको निशानामा पर्दै आइरहेको छ। यो क्षेत्रमा थुप्रै विदेशी बसोबास गर्ने गर्छन्। जनवरीमा भएको एउटा आत्मघाती कार विस्फोटमा ४ जनाको हत्या भएको थियो। यो बिस्फोट पनि त्यति बेला भएको थियो। जब अमेरिकी दुत खलीलजाद तालिबानसँगको वार्ताको अफगान सरकारलाई जानकारी दिन राजधानी पुगेका थिए।

याे पनि पढ्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

काबुलमा १७ अगस्टको मध्यरात एउटा विवाहमा भएको आत्मघाती बिस्फोटमा ६३ जनाले ज्यान गुमाएका थिए। यति बेला १ सय ८२ घाइते भएका थिए। घटना दरुलमान क्षेत्रमा भएको थियो, जहाँ अल्पसंख्यक शिया हजारा समुदायको बाक्लो उपस्थिति छ।

अफगानिस्तानमा २८ सेप्टेम्बरमा चुनाव हुँदैछ। अफगानिस्तानमा जारी हिंसा रोक्न तालिबान र अमेरिकाबीच ८ चरणको वार्ता भइसकेको छ।

प्रकाशित मिति: : 2019-09-03 14:48:40

प्रतिकृया दिनुहोस्