कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन : मन्त्री बिमला केसी

तस्बिरः बिएल

कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई नभएको बताएकी छिन्।
पत्रकार महासंघ जुम्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सातवटा प्रदेशमा सबभन्दा बढी अर्थोपार्जनको सम्भावना भएको कर्णाली प्रदेशमा गरिबी र भोकमरी छ भनेर मागी खाने प्रवृत्ति त्याग्नुपर्ने धारणा राखेकी हुन।
कर्णालीमा विकास गर्ने होइन विकास खाने चलन छ भनेर कतिपयले भनिरहेको छन। केही मान्छेले खाएका होलान त्यो अलग कुरा हो, तर सबैले खाएका छैनन् सबैलाई एउटै तराजुमा राखेर जोख्ने चलन त्याग्नुपर्छ। उनले भनिन,अब हामी सबै मिलेर काम गर्नुपर्छ।
विकासको बाधक कर्णाली होइन, कर्णालीका जनता होइनन् भनेर देखाउनुछ। यो सन्देश सबैलाई बाँड्न हामी आतुर छौं उनले भनिन्।
भदौ १४ गते कान्जिरोवा टाईम्सले आयोजना गरेको एप्पल फेष्टिबलमा सहभागी हुन जुम्ला पुगेकी उनले मन्त्रालयबाट सञ्चालित विभिन्न आयोजनाको अनुगमन गरिन्। अनुगमनका क्रममा योजना निर्माणमा जुटेकालाई कृषिमैत्री आयोजना निर्माण गर्न सुझाव दिइन।
उनले कृषिका योजनामा जब सुशासन कायम गर्न सकिदैन्, तब सम्म जनताले राहतका अनुभव गर्न नसक्ने भन्दै हरेक क्रियाकलापमा पारर्दिशता झल्काउन निर्देशन दिइन।
जुम्लाको सार्वजनिक जमिनमा पुरै स्याउ फलाउनु पर्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2019-09-02 15:18:54

प्रतिकृया दिनुहोस्