नेपाल मामिलाका जानकार कोश्यारी महाराष्ट्रका गर्भनर नियुक्त

Agency

नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह (इपिजी) मा भारतीय पक्षबाट संयोजक रहेका भगतसिंह कोश्यारी महाराष्ट्रको गर्भनर नियुक्त भएका छन्। 

उनलाई भारतीय जनता पार्टी (बिजेपी) को दोस्रो कार्यकालमा महाराष्ट्रको गर्भनर नियुक्त गरिएको हो।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

भारतले नेपालमा गणतान्त्रिक संविधान लागु गरेको निहुँमा नाकाबन्दी लगाएपछि बिग्रिएको दुई देशबीचको सम्बन्ध सुधारका लागि कोश्यारीको संयोजकत्वमा एउटा समिति गठन गरेको थियो। यो समितिले १९५० को सन्धीलगायत थुप्रै कुरामा छलफल गरेर एउटा रिपोर्ट तयार पारेको थियो। तर, यो रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन।

कोश्यारी उत्तराखण्डका पूर्व मुख्यमन्त्री र बिजेपीका पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

भारतमा उनी नेपाल जानकारको रुपमा परिचित छन्।

प्रकाशित मिति: : 2019-09-01 19:21:23

प्रतिकृया दिनुहोस्