मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। आइतबारको दिन दिउँसोको १२ बजे।
दाङको घोराही उपमहानगरपालिका वडा–१९ तोसमा रहेको कञ्चन कोइलाखानी। जहाँबाट देखियो-कोइलाको भारी बोकिरहेका मजदुर। जसको अनुहार र कपडा नै मैलो थियो।
हरेक वर्ष मे १ तारिकका दिन मनाइने श्रमिक दिवसमा सरकारले सार्वजनिक विदा दिने गर्छ।
जुन दिन श्रमिकले आफ्नो बेदना सुनाउने गर्छन्। जसका लागि विभिन्न संघ संस्थाहरूलगायत ट्रेड युनियनहरूले कार्यक्रम गर्छन्। श्रमिकका हतहितका लागि बोल्छन्।
तर श्रमभित्रको कठोर श्रमका रूपमा चिनिएको कोइलाखानीमा काम गर्ने मजदुरहरूलाई यो दिवसले छुन सकेको छैन।
पहाड फोडेर महत्वपूर्ण उर्जाका रूपमा प्रयोग हुने कोइला निकाल्ने मजदुरहरूलाई श्रमिक दिवस कहिले आउँछ थाहा नै हुँदैन।
‘आज श्रमिक दिवस रे!,’ कोइला निकालेर सुरूङ बाहिर निस्किएका मानबहादुर घर्तीले भने।
आज श्रमिक दिवस हो। आज श्रमिकहरूले वर्ष दिनमा भोगेका दुःखहरू सुनाउने दिन। तपाईहरू काम गर्दै हुनुहुन्छ? विदा भएन र? पत्रकारहरूको टोलीले प्रश्न गर्दा, घर्तीले भने, ‘श्रमिक दिवस रे, थाहा छैन। आज त रेडियो पनि सुनिएन।’
उनले श्रमिक दिवस भएको थाहा पाएको भएपनि आफूहरू काम गर्नुपर्ने बताए।
यस्तै विगत २४ वर्षदेखि निरन्तर कोइलाखानीमै काम गर्दै आइरहेका डिलबहादुर नेपालीले श्रमिक दिवसका बारेमा आफ्नो अनविज्ञता प्रकट गदै भने, ‘के दिवस आउँछ थाहा हुँदैन। हामी त काम गर्ने सधैं काम गर्नुपर्छ।’
कम्पनीले आज विदा लिने या नलिने भन्न् बारेमा केहि नभनेको भन्दै आजको दिन विदा बसे एक दिनको कमाई हराउने उनले बताए।
‘विदा बसेको दिन हाम्रै कमाई हराउने हो। दिवससिवस केहि हुँदैन। थाहा पनि भएन’ उनले भने।

घर्ती र नेपाली त उदाहरणका पात्र मात्र हुन्। कोइलाखानीमा काम गर्ने कुनै पनि मजदुरले आज श्रमिक दिवसका बारेमा अनविज्ञता प्रकट गरेका थिए।
कोइलाखानीको सुरूङ भित्रबाट निकालिएको कोइला सडक छेउसम्म महिला श्रमिकहरूले बोकिरहेका थिए।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस भनिएता पनि पसिना बगाएर काम गर्ने श्रमिकहरूले विदा पाएका छैनन्। श्रमिकहरूका हकहितका लागि बोल्ने ट्रेड युनियनहरूले के श्रमिकको हकहितमा बोलेको छ त?
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया