भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको छैन– मन्त्री बास्कोटा (भिडियो सहित)

तस्बिरः बिएल

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्दै नवसेको दाबी गरेका छन।

बहिबार प्रतिनिधिसभा बैठकमा सभामुखसंग समयमागेर बोल्दै उनले भिडियो कन्फरेन्सबाट मन्त्रीहरुसंग सामान्य छलफलमात्र भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौमा भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले छलफल गरेका थिए। त्यसअघि भदौ पहिलो सरकार मन्त्रिपरिषद् बैठक सञ्चालनसम्बन्धी काार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो। तर विपक्षी नेपाली कांग्रेसले यसमा प्रश्न उठाउदै आएको छ।

सञ्चारमन्त्री बास्कोटाले कन्फरेन्सका क्रममा केहि वियषयमा प्रधानमन्त्रीले जानकारी लिएको र मन्त्री र कार्यवाहक प्रधानमन्त्रीलाई आवश्यक निर्देशन पनि स्पष्ट पारे।

अमेरिका र रसियाका राष्ट्रपतिले जहाजमा उड्दाउड्दै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठकहरु गर्ने भन्दै उहाले यसले सार्वभौमसत्तामा कुनै फरक नपर्ने बताए।

बास्कोटाले मुलुकको सार्वभौमिकता र प्रधानमन्त्रीको देशभक्तिमाथि प्रश्न उठाउनु अनुचित र खेदजनक भएको बताए। उनले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदसहित सिंगापुर गएको र आफ्नो नागरिकता अरु देशमा पनि नदिएको तर्क पनि गरे।

प्रकाशित मिति: : 2019-08-29 17:54:48

प्रतिकृया दिनुहोस्