मुलुकलाई कम्युनिष्ट राज्य बनाउने खतरा सरकारबाटै छ– देउवा (भिडियो सहित)

तस्बिरः बिएल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई कम्युनिष्ट राज्य बनाउने खतरा सरकारबाटै रहेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियनले बुधवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकलाई नै कम्युनिष्ट स्टेट बनाउन लागको भन्दै सवै सजक हुने बेला आएको बताए। सभापति देउवाले सरकारले सबै क्षेत्र कब्जा गर्न खोजेको भन्दै त्यसप्रति पनि आपत्ति प्रकट गरे। उनले बिधिको शासन स्थापीत गर्न कांग्रेस सधै गम्भीर भएर लाग्ने धारणा पनि राखे।

त्यस्तै सभापति देउवाले वाक् तथा अभिब्यक्ति स्वतन्त्रता, मानव अधिकार, विधिको शासनमा पनि हमला हुन थालेको भन्दै त्यस तर्फ सजग हुन पनि सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे।

सभापति देउवाले लोकतन्त्रलाई कसैले कमजोर पार्दैमा कमजोर नहुने स्पष्ट पारे।

प्रकाशित मिति: : 2019-08-28 18:07:43

प्रतिकृया दिनुहोस्