चीनमा अस्ट्रेलियाका एक पत्रकार जासुसीको आरोपमा पक्राउ

अस्ट्रेलिया र चीनबीच बढ्दो तनावका बीच जासुसीको आरोपमा अस्ट्रेलियाका एक चिनियाँ मुलका लेखक चीनमा पक्राउ परेका छन्।

चीनमा अनलाइन पत्रकारिता गर्दै आइरहेका डा. याङ हेङजुनलाई दक्षिणी शहर ग्वाङ्झाउबाट मंगलबार समातिएको छ।

याङ चीनका परराष्ट्रविद् र लेखक पनि हुन्। उनी विगत एक दशकदेखि देश बाहिर बसोबास गर्दै आइरहेका थिए। उनी चीनको स्थायी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा ब्लगमार्फत लेख खेल्दै आइरहेका थिए। उनी चीनको सोशल मिडिया र ट्वीटरमा पनि सक्रिय थिए। उनको फलोअर नै १ लाख ३० हजार छन्। गत जनवरीमा केटाकेटी र श्रीमतिसँगै अमेरिकाबाट ग्वाङझाउ आउने क्रममा उनी विमानस्थलमा समातिएका थिए।

याे पनि पढ्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

भवन भट्ट भन्छन्- 'सिल्कले माफी माग्यो' : सिल्क एयर भन्छ- 'थाहा छैन'

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबिसी) को समाचार अनुसार ५४ वर्षीय याङलाई चीनको राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै छानवीनका लागि समातिएको थियो। यही सिलसिलामा उनीमाथि २३ अगस्टमा जासुसी गरेको आरोप प्रमाणित भएको भन्दै गिरफ्तार गरिएको बताइएको छ।

अस्ट्रेलियाका विदेश मन्त्री मारिसे पेनले भने, ‘अस्ट्रेलियाका नागरिक याङलाई जासुसीको आरोपमा औंपचारिक रुपमा पक्राउ गरिएको छ। उनलाई चिनियाँ सरकारले कुनै आरोप प्रमाणित नभएको अवस्थामा ७ महिनाभन्दा बढी बेइजिङमा प्रहरी हिरासतमा राख्यो।’

उनले डा. याङलाई हिरासतमा राख्ने कारण चीनले पुष्टी नगरेको र परिवार तथा वकिलसँग पनि भेट्ने अनुमति नदिइएको बताएका छन्।

‘चीनमा जासुसीको सजाय मृत्यु हुन्छ। प्रतिकूल परिस्थितिमा हामी डा याङ र उनको परिवारसँग छौं,’ उनले भने।

याङको श्रीमतिलाई पनि विदेश जान प्रतिबन्ध लगाइएको छ, जो अस्ट्रेलिया निवासी हुन्। याङका परिवार न्युयोर्कमा बस्दै आइरहेका थिए।

याङका अस्ट्रेलियाली वकिल रोबर्ट स्टेरीले उनीमाथि लगाइएको जासुसीको आरोपमा सत्यता नभएको बताएका छन्।

याे पनि पढ्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

प्रकाशित मिति: : 2019-08-27 12:27:46

प्रतिकृया दिनुहोस्