सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
बिएल संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। अब पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ।
मुख्यमन्त्री थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेतासमेत पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले भदौ ६ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
यसअघि भदौ ७ गते उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिएको थियो।
भने, भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।
मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभा अध्यक्ष परिवर्तन गरेर बहुमत पुर्याएका थिए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया