पूर्वी सुडानमा दुई जातीबीच झड्प, ३७ जनाको निधन २ सय घाइते

Agency

पूर्वी सुडानमा दुई जातीबीच हिंसा भड्किदा ३७ जनाको निधन भएको छ भने २ सय बढी मानिस घाइते भएका छन्।

स्थानीय सुडान ट्रिब्युन पत्रिकाका अनुसार बानी आमेर जनजाति र नुबा जनजातिबीच पछिल्लो साता झगडा भएको थियो। उनीहरू बीच के कुरालाई लिएर झगडा भएको हो? यसको खुलासा गरिएको छैन। तर, यो घटनालाई लिएर अधिकार प्राप्त काउन्सिल, जुन भर्खरै गठन भएको थियो, उसले गर्भरनरलाई बर्खास्त गर्ने आदेश दिएको छ।

घटनाको छानवीनको पनि आदेश दिएको बताइएको छ।

अफ्रिकी देश सुडानमा यसअघि पनि हिंसा भड्किएको थियो। जसमा सेनाको कार्यवाहीमा १ सय प्रदर्शनकारी मारिएका थिए। त्यति बेला राजधानी खार्तुममा सत्तारुढ सैनिक शाषकविरूद्ध प्रदर्शन भएको थियो।

सुडानको अहिलेको स्थिति राम्रो छैन। त्यसैले संयुक्त राष्ट्र संघ र बेलायतले आफ्नो नागरिकलाई खार्तुमबाट तुरुन्त बाहिर जान सूचना जारी गरेको छ।

३० वर्ष राष्ट्रपति रहेका उमर–अल–बशीरलाई सेनाले अपद्स्थ गरेपछि सेनाको हेडक्वाटरमा प्रदर्शन भएको थियो।

प्रदर्शनकारीले निष्पक्ष निर्वाचनका लागि केही समय माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले नागरिकको शाषन लागु गर्न अपील गरेका थिए। उनीहरूले सेनाको उपस्थिति न्युन होस् भन्ने कामना राखेका थिए।

याे पनि।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-27 11:12:45

प्रतिकृया दिनुहोस्