भारत सरकार वामपन्थी उग्रवादसँग लड्न नयाँ योजना बनाउँदै

Agency

भारत सरकारले बामपन्थी उग्रवाद लोकतन्त्रिक मुल्य मान्यता विरोधी भएको भन्दै यस विरूद्ध लड्न कडा रवैया अपनाउने बताएको छ।

नक्सल प्रभावित राज्यको मुख्यमन्त्रीसँग सोमबार पहिलो पल्ट बैठक गरेका केन्द्रीय गृह मन्त्री अमित शाहले नक्सलवादविरूद्धको लडाईमा सफलता प्राप्त गर्न उनीहरूको पैसा आउने श्रोतलाई रोक्ने बताएका छन्।

बैठकमा नक्सल प्रभावित क्षेत्रमा भइरहेको विकाश निर्माणको कार्य र सुरक्षा निकायको अपरेशनको विषयमा समीक्षा गरिएको थियो।

याे पनि पढ्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

रवि लामिछानेले पुडाशैनी मृत्युबारे कार्यक्रम चलाउन नपाउने, विदेश जान अदालतको स्वीकृति लिनुपर्ने (अदालतको पूर्णपाठसहित)

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

जम्मु–कश्मिरमा आतंकवादी ‘फन्डिङ’ लाई रोक्न सफल भएपछि शाहले नक्सलवादविरूद्ध पनि यस्तै अभियान थाल्ने बताएका छन्।

उनले नक्सलवादीहरूको खाने पिउने, बसोबास गर्ने, घुम्ने, हतियार किन्ने ठाउँ र ट्रेनिङ क्याम्पमा रोक लगाउन विशेष योजना तयार पार्न लागिएको बताए।

उनले २०१५ देखि नै नक्सली प्रभावलाई कम गर्न योजना बनाइएको र यसका कारण हाल ६० जिल्लामा मात्र बामपन्थी उग्रवाद सिमित भएको बताएका छन्।

याे पनि पढ्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

प्रकाशित मिति: : 2019-08-26 23:40:33

प्रतिकृया दिनुहोस्