समाजिक रुपान्तरणका लागि नारी सशक्तिकरण आवश्यकः मुख्यमन्त्री राउत

तस्बिरः बिएल

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेको बताएका छन्।मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका स्थित शिवशक्ति नमूना माबि बटेश्वरमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको उल्लेख गरे।

प्रदेशको समृद्धिको लागि समाजिक रुपान्तरण र समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको उनको भनाई छ। प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टी समेत गरेको उनको भनाइ छ। 

कार्यक्रममा प्रदेश सभा सदस्य सत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गाँउपालीका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री सहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाए।
उक्त विद्यालयका कक्षा ८मा अध्ययनरत ९५ जना छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गर्नु समेत गरेका छन्।

प्रकाशित मिति: : 2019-08-23 10:13:06

प्रतिकृया दिनुहोस्