झनझन् शक्तिशाली बन्दै विप्लव : पार्टीका सबै अधिकार आफ्नै हातमा

प्रतिबन्धित विप्लव माओवादी पार्टीका महासचिव नेत्रवित्रम चन्द (विप्लव)

 के गर्दै छन् बिप्लव

सरकारद्धारा प्रतिबन्धित विप्लव माओवादी पार्टीका महासचिव नेत्रवित्रम चन्द (विप्लव) यतिबेला एक्ला शक्तिशाली नेता बनेका छन्।

पार्टी भित्र भष्ट्राचार बढेको र पार्टीले गति लिन नसकेको निष्कर्ष निकाल्दै गत महिना स्थायी समिति र पोलिट्ब्यूरो भंग गरी सबै अधिकार आफैंमा सिमित गरेका विप्लव यतिबेला शैन्य, तालिम, हतियार जम्मा र पार्टीको संगठन बलियो बनाउन लागिपरेका छन्।

विप्लव माओवादीका एक नेताले बिएल नेपालीसँग कुरा गर्दै भने, ‘पार्टीलाई अघि बढाउने हो र लक्ष्य पुरा गर्ने हो भने महासचिवको योजनामा चल्न जरूरि छ, त्यो कुराको आवश्यकता खड्केरै पार्टीले यसअघिका कदम चालिएका हुन्, पार्टी हेडक्वार्टरले जारी गरेको निर्देशन पालना हुने क्रम जारी छ’, ती नेताले भने।

ती नेताका अनुसार एक महिनाअघि पार्टी हेटक्वार्टरले गरेको निणर्य अनुसार देशभरीका ब्यूरो, जिल्ला कमिटिमा अहिले प्रशिक्षण जारी छ।

‘पार्टीको आगामी कार्यदिशादेखि पार्टीको आन्तरिक रणनीति र शैन्य तालिमका बारेमा पार्टीका सबै साथीलाई प्रशिक्षण दिन क्रम जारी रहेको छ’, ती नेताले भने।

उनका अनुसार विप्लवकै योजनामा अहिले देशभरीको ब्यूरो, जिल्ला र पार्टीका होलटाईमर नेता कार्यकर्तालाई आत्मरक्षाको लागि शैन्य तालिमसमेत दिने काम भईरहेको छ।

‘पार्टीका केन्द्रीय नेता तथा ब्यूरोका साथीलाई यसअघिनै हतियार प्रयोग र आत्मरक्षाका तालिम दिएको हो, छुटेका र नयाँ संगठीत भएकालाई अहिले पनि तालिम दिनेक्रम जारी छ’, ती नेताले भने।

स्रोतका अनुसार विप्लव अहिले पार्टीको सुदृढीकरण र स्रोत साधन जम्मा गर्ने कार्यमा ब्यस्त छन्।

विप्लव माओवादीकै एक अर्को नेताका अनुसार आधुनिक हतियार र प्रविधि जुटाउने काम हुँदैछ, त्यसको डिल विप्लव आफैंले गर्ने गरेका छन्।

‘सरकारले पेल्दै लगेको छ, हाम्रा साथीहरू जेलमा छन्, भोलिको अवस्था जे पनि हुनसक्छ। त्यसैले हामीले यो बेला बलियो नबन्ने हो भने, भोलि असहज आउन सक्छ, हामी डटेर अघि बढ्ने हो घुँडा टेक्ने होइन भन्ने बिप्लवको निर्देशनलाई प्रशिक्षणमा राखिएको छ’, ती नेताले भने।

उनका अनुसार देशका केही भागमा स्पेशल शैन्य तालिम सुरू भएको छ। कतिपय ठाँउमा त्यसको निरीक्षण र प्रशिक्षण विप्लव आफैंले दिने गरेको समेत स्रोतको दाबी छ।

स्रोतका अनुसार पार्टीको सबै शक्ति हातमा लिएका विप्लवले बाहिरबाट आयात हुने अत्याधुनिक हतियार र भारतीय माओवादीसँग आफैं छलफल र भेटघाट गर्दै आएका छन्।

विप्लवले देशभरी छरिएका पूर्व लडाकुलाई पार्टीमा समावेश गराउने र उनीहरूलाई प्रशिक्षण गराउन प्रत्येक ब्यूरोलाई सर्कुलर गरेको समेत बताइएको छ।

जेलका नेतासँग सजक हुन विप्लवको सर्कुलर

देशका विभिन्न स्थानमा पक्राउ परि जेल परेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग सजक रहन बिप्लवले पार्टीका नेतालाई निर्देशन दिएका छन्।

जेलमा रहेका नेता र उनीहरूका परिवारलाई माध्यम बनाएर पार्टीका अन्य नेता कार्यकर्ता पक्राउ पर्ने गरेको भन्दै विप्लवले त्यसमा ध्यान दिन सुझाएको स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।

पार्टीका दस्तावेज नबोक्न निर्देशन

विप्लवले पार्टीका महत्वपूर्ण दस्तावेज र पार्टीका कागजपत्र बोकेर नहिँड्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई सर्कुलर जारी गरेका छन्।

सरकारले प्रतिबन्ध लगाउनुअघि पक्राउ परेका पार्टी प्रवक्ता प्रकाण्डबाट प्रहरीले बरामद गरेको महत्वपूर्ण कागजपत्रलाई आधार बनाउँदै बिप्लवले त्यस्ता महत्वपूर्ण कागजपत्र नबोक्न सर्कुलर नै जारी गरेको स्रोतले जानकारी दियो।

‘हो पार्टीका प्रवक्ता कमरेड प्रकाण्डबाट प्रहरीले केही महत्वपूर्ण कागजपत्रसहित पार्टीको आन्तरिक बैठकको निर्णय समेत फेला पार्‍यो, त्यो कुराले पार्टीलाई धेरै हानी पुर्‍यायो। अब त्यस्तो नहोस् भन्ने छ, त्यही भएर होला पार्टी हेडक्वार्टरले निर्देशननै जारी गरेको छ’, ती नेताले भने।

प्रकाशित मिति: : 2019-08-22 12:57:36

प्रतिकृया दिनुहोस्