भारतीय विदेशमन्त्री नेपालमा (भिडियोसहित)

तस्बिरः बिएल

विदेशमन्त्री नियुक्त भएपछि भारतका पूर्व विदेश सचिव तथा नरेन्द्र माेदीका विशेष विश्वासपात्र एस जयशंकर बुधबार पहिलाे पल्ट नेपाल आइपुगेका छन्।

जयशंकर विदेश सचिव नियुक्त हुँदा दुइपल्ट नेपाल आएका थिए। उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन्। बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई दिने नेपाल बसाई‌का क्रममा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाटुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय छ। उनले केही नेपाली नेतासँग पनि भेट गर्दैछन्। 

 

प्रकाशित मिति: : 2019-08-21 15:33:38

प्रतिकृया दिनुहोस्