भारतीय कांग्रेसका प्रभावशाली नेता चिताम्बरमलाई प्रहरी खोज्दै, ‘मनी लाउन्ड्रीङ’ मुद्धामा विदेश जान रोक

Agency

भारतीय कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृह तथा अर्थमन्त्री पी. चिदम्बरमलाई ‘मनि लाउन्ड्रिङ’ मुद्धामा देश छोडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ। ‘आईएनक्स’ मिडिया मुद्धामा दिल्ली उच्च अदालतले उनको निवेदन खारेज गरेको छ। 

अब उनी सरकारसँग अनुमति नलिई बिदेश जान पाउने छैनन्। उनको छोरा कार्तिक चिदम्बरमले ‘आईएनएक्स’ मिडियामार्फत प्राप्त घुस लिएको र त्यो रकम स्पेनको एउटा टेनिस क्लब, बेलायतमा एउटा कटेज र अन्य देशमा सम्पत्ति जोडेको प्रमाण प्राप्त भएपछि उनलाई विदेश जान रोक लगाइएको हो।

याे पनि पढ्नुहाेस।

जात्रामा बाजा बजाउनेले के पाउँछन्?

के गर्दैछन् २०५९ सालका एसएलसी ‘बोर्ड फस्ट' विशाल ज्ञवाली क्यानडामा ?

रवि-पत्नी निकताले गरिन् 'काउन्टर अट्याक' घोषणा : आजै प्रहरीमा उजुरी दिदै

भारतीय अखबारले थप छानवीनका लागि चिदम्बरमको खोजी भइरहेको बताएको छ।

चितम्बरमको समर्थनमा कांग्रेसका दुई नेता राहुल गान्धी र प्रियंका वाड्राले प्रतिक्रिया जनाएका छन्। चितम्बरममाथि विदेशमा ५६ करोड रुपैयाँ लगानी गरेको खुलासा भएको थियो। उनलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको बताइएको छ।

याे पनि पढ्नुहाेस।

नेपालले कहिले फिर्ता लेला भारतबाट कालापानी?(भिडियोसहित)

 

प्रकाशित मिति: : 2019-08-21 14:33:27

प्रतिकृया दिनुहोस्