भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै

भारतका विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार दिउँसो नेपाल आउँदै छन्।

बुधबार मध्यान्न १२ बजे विदेशमन्त्री एस जयशंकर नेपाल आउने तालिका रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक आज (बुधबार) अपराह्न काठमाडौंमा बस्दै छ । बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर बुधबार नै आउँदै छन् । 

रराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ ।

राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुनेछ । 

विदेशमन्त्री एस जयशंकरले आए लगतै प्रधानमन्त्री केपी शर्मालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन्।

त्यसैगरी उनले नेपालका राजनीतिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो । 

प्रकाशित मिति: : 2019-08-21 09:34:39

प्रतिकृया दिनुहोस्