प्रधानमन्त्री ओलीले बोलाए अपरान्ह ५ बजे सर्वदलीय बैठक

तस्बिरः बिएल

प्रधानमन्त्री केपी ओलीले सर्वदलीय वैठक बोलाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अपरान्ह ५ बजेका लागि बैठक बोलाइएको छ।

बैठकका एजेण्डाबारे जानकारी नगराईए पनि मंसिरमा हुन उप निर्वाचन र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको हुने सक्ने आँकलन गरिएको छ।

बैठकमा संसद्मा रहेका दलका नेताहरुलाई बोलाइएको छ। संसदमा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन्। बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने छन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए। चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन्।

प्रकाशित मिति: : 2019-08-20 08:20:15

प्रतिकृया दिनुहोस्