अफगानिस्तानमा विवाह मण्डपमा आत्मघाती बम बिस्फोट, ६३ को निधन

Agency

अफगानिस्तानको काबुलमा शनिबार एउटा वैवाहिक कार्यक्रममा आत्मघाती बम बिस्फोट हुँदा ६३ जनाले ज्यान गुमाएका छन्। घटनामा १ सय ८२ घाइते भएको अफगानी पत्रकार बिलाल सरवरीले जानकारी दिए।

विवाह हजारा समुदायबीच भइरहेको थियो। दारुलमान एरियामा बसोबास गर्ने अल्पसंख्यक शिया जातिबीच शनिबार नेपाली समयअनुसार मध्यरात ११ बजेर ५५ मिनेटमा विवाह भइरहेको बेला बिस्फोट भएको थियो।

प्रत्यक्षदर्शीले बताएअनुसार विवाह हलमा जन्तको भीड थियो। घाइतेलाई अस्पताल भर्ना गरिएको छ। अझैंसम्म कुनै आतंकवादी संगठनले घटनाको जिम्मेवारी लिएको छैन।

याे पनि।

काबुलमा यसै महिना दोस्रो आक्रमण भएको हो। यसअघि ८ अगस्टमा भएको बम बिस्फोटमा १४ जना मर्नुका साथै १ सय ४५ जना घाइते भएका थिए।

अफगानिस्तानमा २८ सेप्टेम्बरदेखि निर्वाचन हुँदैछ। अमेरिका र तालिबानबीच पछिल्लो समय शान्तीका लागि वार्ताको प्रयास भइरहेको छ। यस्तो अवस्थामा चरणबद्ध बम बिस्फोटको घटनाले माहौल बिथोल्ने सम्भावना उत्तिकै छ।

अमेरिका र तालिबानबीच ८ चरणको वार्ता भइसकेको छ।

याे पनि हेर्नुहाेस।

पोल्याण्डले पोलेको 'रत्नेदाइ'को सपना

नेपालका 'नम्बर १ श्रीमान्' चोलेन्द्रले आदेश दिए- शिल्पालाई नपक्रनू !

पहिले नेपाली चेलिबेटी भारतमा मात्र बेचिन्थे, अहिले तेस्राे मुलुकमा बेचिने क्रम बढ्दाे

प्रकाशित मिति: : 2019-08-19 07:24:37

प्रतिकृया दिनुहोस्