जम्मूमा २४ घण्टाभित्र फेरि इन्टरनेट सेवा बन्द

बिएल

भारतले विवादास्पद जम्मुमा इन्टरनेट खुला गरेको २४ घण्टाभित्र पुनः सेवा स्थगित गरेको छ। भारतले विवादास्पद जम्मु–कश्मिरबाट धारा ३ सय ७० हटाउने निर्णय गरेलगत्तै यो क्षेत्रमा कर्फयु जारी छ।

भारत सरकारले करिब दुई सातापछि शुक्रबार राती जम्मुको पाँचवटा जिल्लामा टूजी इन्टरनेट सेवा सूचारु गरेको थियो।

भारतीय एक अधिकारीले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मोबाइट इन्टरनेट सेवा प्राविधिक कारणले पुनः बन्द गरिएको छ। स्थितिको समीक्षापछि पुनः सूचारु गरिनेछ।’

भारत सरकारले यस क्षेत्रमा कर्फयुको समय घटाए पनि राती नौ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। केन्द्रीय गृह राज्यमन्त्री कृष्ण रेड्डीले शनिबार एक साताभित्र जम्मु–कश्मिरको अवस्था सामान्य हुने दावी गरेका छन्। उनले सोमबारसम्म जम्मू–कश्मिरलाई छोडेर अन्य ठाउँमा धारा १ सय ४४ हटाउने बताए।

याे पनि।

फकल्यान्ड युद्वमा ५ पाउण्ड भत्ता दिन्छु भनेको बेलायतले १ पाउण्ड मात्र दियोः वार भेट्रान बुद्धिराज राई (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-18 17:18:16

प्रतिकृया दिनुहोस्